Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा २(ख) का मतदाता भन्छन् स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प छैन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
दलका उम्मेद्वारलाई भोट दिँदा दिँदा वाक्क भएकी वीरगञ्ज ३ प्रगती नगरकी ६१ वर्षीय प्रतिमा साह अहिले स्वतन्त्र उम्मेद्वारको पक्षमा मत माग्दै घरघर डुलिरहेकी छिन् ।
प्रजातन्त्र पुनः स्थापनापछि अहिलेसम्म दलीय उम्मेद्वारलाई मत दिएर विजयी बनाउँदै आएको भए पनि जितेर गए पछि फर्केर नआउने प्रबृत्तिका कारण अहिले दलीय उम्मेद्वार छाडेर स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको पक्षमा आफू लागेको उनी बताउँछिन् ।
सामाजिक कार्यमा सक्रिय अनि शैक्षिक क्षेत्र सुधारको काममा लागेका सिंहलाई जिताउन पाए यस क्षेत्रको लागि भलो हुने भन्दै उनी घरघर पुगेर मतदातालाई सम्झाउन कस्सिएकी छिन् ।
उनी जस्तै वडा नम्बर १ का ५५ वर्षीय मोहम्मद आलम पनि स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउन भन्दै घरदैलो अभियानमा मतदातालाई सम्झाउँदै हिँडिरहेका छन् ।
यस्तै वडा नम्बर २४ की लक्ष्मी देवी चौरसियाले स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प अरु हुनै नसक्ने भन्दै अमूल्य मतदान खेर जान नदिई सिंहलाई जिताउन आफ्नो ठाउँमा अभियान नै चलाई रहेकी छिन् ।
मतदाता नै सक्रिय भएर सिंहको पक्षमा मतदान आह्वान गर्दै गएको चार दिनदेखि टोलटोलमा पुगेर घरदैलो अभियान गरिरहेको छ ।
बुधबार चौँथो दिन पनि यो अभियान निरन्तर रह्यो । बुधबार बिहान वडा नम्बर ३ को चित्रगुप्त नगर र प्रगती नगरका मतदाताले स्वतन्त्र उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै विजयी बनाउन आफ्नो ठाउँबाट लागि पर्ने बताए ।
अभियानमा स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मत मतदान गर्न आग्रह गर्दै सो क्षेत्रका विभिन्न वडाबाट आएका प्रतिनिधि, बुद्धिजिवी, अग्रज, युवा महिलाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद