Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा केन्द्रिय सदस्य करिमा बेगमले दिईन प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ असोज, वीरगञ्ज
जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य करिमा बेगमले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट बेगमले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी राष्ट्रिय झण्डा ओढेर मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी थिईन् ।
उनी वि.स.२०६४ को पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी थिईन् । भने वि.स. २०७४ को निर्वाचनमा समानुपातिक तर्फबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालले प्रदेशसभा सदस्यमा चुनेको थियो ।
मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीको जिल्ला समन्वय समितिले बेगमको नाम पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो । जसपा एमाले गठबन्धन हुँदा यो क्षेत्रमा जसपाकै नेता अधिवक्ता सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।
त्यसबाट असन्तुष्टी जनाउँदै वेगमले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै बेगमले मधेसी मुस्लिमको छातीमा गोली हान्ने एमालेलाई साथ दिन पार्टी गएकोले त्यसको विरुद्धमा उभिएको बताईन् ।
‘जुन एमालेले मेधेसी मुस्लिमहरुलाई छातीमा गोली हानेर हत्या ग¥यो । अहिलेपनि हामीले अधिकार पाएको छैन । जहाँ थियौ त्यहि छौं ।’ उनले भनिन् ‘ एमालेको नेतृत्वमा सरकार हुँदा पनि मधेसी जनताका लागि केहि गरेन । चोरको साथ दिएपछि चोर नै भईन्छ नी, त्यसैले पार्टीको यो कदममा साथ दिन सकिन ।’
०७२ असोज ३ गते संविधा जारी भएको दिन मधेस आन्दोलनका क्रममा आफू घाईते भएको बताउँदै उनले जनताले आफूप्रति गरेको अपेक्षा पुरा गर्न चुनावी मैदानमा उत्रिएको बताईन् ।
‘बन्धनबाट बाहिर निस्केको छु, स्वतन्त्र भएको छु, जनताका लागि आवाज उठाउन सक्छु, देश र प्रदेशमा भएका गलत गतिविधिको खुलेर विरोध गर्न सक्छु । ’ उनले भनिन् ‘ पहिला सरकारमा भएका कारण मेरो मुखमा टेप टाँसिएको थियो, हात बाँधिएको थियो । थुप्रै कुराहरु हाउसमा बोल्न चाहेर पनि बोल्न सकिन । किनभने शुरुदेखि नै प्रदेशमा हाम्रो सरकार थियो ।’
मुख्यमन्त्री लालबाबु राउतले आफ्नो क्षेत्रको, जन्मथलो जगरनाथपुरको विकासलाई मात्रै प्राथमिकतामा राखेकोले सरकारमा बसेर पनि आफूले सोचे जस्तो विकासको काम गर्न नसकेको बताईन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद