Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हिन्दू युवा संघका तत्कालिन अध्यक्ष तिवारीको वीरगन्जको घडिअर्वामा शालिक अनावरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । तत्कालिन हिन्दू युवा संघका अध्यक्ष स्वर्गिय काशी तिवारीको १२ बर्षपछि शालिक अनावरण गरिएको छ । विश्व हिन्दू परिषद नेपालले वीरगन्ज १० घडिअर्वा स्थित शिवपार्वती मन्दिर अगाडी स्वर्गिय तिवारीको शालिक निर्माण गरेपछि आज अनावरण गरिएको हो ।
विश्व हिन्दू परिषद नेपाल, पर्साले आयोजना गरेको एक कार्यक्रमका विच अनन्त श्रीविभूषित स्वामी धतुर्भुजाचार्य चुडामणिजी महाराजले स्वर्गिय तिवारीको शालिकको अनावरण गरेका हुन । शालिक अनावरण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै धर्तुर्भुजाचार्य चुडामणिजीले विश्व हिन्दू परिषले धर्म, संस्कृति र राष्ट्रको रक्षाको निम्ती बलिदानी दिएका स्वर्गिय काशी तिवारीलाई उचित मुल्यांकन गरी सम्मान गरेकोमा आफूलाई गभावान्वीत भएको बताए ।
उनले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँनेलाई मात्र सहयोग गर्नुपर्छ हिन्दू विरोधीहरुलाई समाजबाट नै बहिष्कार गर्न सुझाव समेत दिए । हामी हिन्दूहरु राष्ट्रको गौरव र देशको सम्मान र सत्रुको लागि मरिमेट्नु पर्छ, उनले भने, ‘ महाभारतको युद्धमा अर्जुन पन्चपाण्डेले धर्म रक्षा र न्यायको रक्षाको लागि लडेका थिए ।


जसमा अर्जुनले आफनो विर योद्धाहरुको बलिदानी दिएका थिए ।’
राष्ट्र नेपालले पनि विर सपुत काशी तिवारी जस्तो महान योद्धालाई आहुती दिएर राष्ट्र, धर्म संस्कृति निर्माणको अभियान शुरु भएको छ । देशकाल परिस्थितीले एतिहास बनाउँनछ, वीरगन्जबाट नै देशलाई पुन हिन्दू राष्ट्र कायम गराएर नयाँ एतिहास बनाउँछ, उनले भने ।
देशमा परिर्वतनको शुरुवात भईसकेको छ, उनले भने, ‘ हिन्दू धर्म विरोधी नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई संसद बाहिर लखेट्नु पर्छ ।’ हामी एक तर्फ धर्म विरोधको पक्षमा लागेका छौ, र अर्को तर्फ धर्मको रक्षाको लागि हिडिरहेका छौ, यो प्रवृति गलत हो हिन्दू र राष्ट्र विरोधी नेताहरुको खुलेर विरोध गर्नुपर्छ । धर्म र राष्ट्रको लागि मरिमेटने प्रवृति देखिएन भने धर्म संस्कार, राष्ट्रीयता हराएर जान्छ त्यसैले समयमै सचेत भएर सम्पूर्ण सनातनी एक हुनु आवश्यक छ ।
कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका महासविच जितेन्द्र कुमार सिंहले हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लागेको स्वर्गिय काशी तिवारीले पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उनले हिन्दू राष्ट्र पुनस्थापनाको निम्ती दिएको बलिदानी खेर हुन नदिने प्रतिबद्धता जनाए ।
उनले देशको सम्पूर्ण हिन्दू समाज एकजुट हुने बेला आएको बताए । उनले भने, ‘ विश्व हिन्दू परिषद नेपाल समग्र हिन्दू समाजको संगठन हो, यसले ३२ राष्ट्रका हिन्दू समाजको आवाजलाई बुलन्द गर्ने काम गर्छ । अहिले पनि नेपाल बहुसंख्यक हिन्दूको देश हुदाँ पनि हिन्दू समाज एकजुट हुन नसक्दा गैरहिन्दूहरु हिन्दूमाथि नै हाबी भईरहेका छन । हामी सम्पूर्ण हिन्दू समाज एकजुट भएर हिन्दू धर्म संस्कृतिको रक्षा सहित हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लाग्नु पर्छ उनले भने ।
वरिष्ठ समाजसेवी एवं उद्योगपति अशोक बैद्यले अहिले पनि नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र थियो र रहने बताए । विगतमा राजनितिक व्यक्तिहरुले आफनो स्वार्थका लागि नेपाललाई जबरजस्ती धर्मनिरपेक्षता लादेको आरोप लगाए । राजनितिक दलले जनताको मत विना नै ल्याएको धर्मनिरपेक्षता हिन्दू समाजलाई कुनैपनि हालतमा मान्य नहुने बताए ।
उनले भने, ‘ धर्मनिरपेक्षताको लागि देशमा कुनै आन्दोलन भएको होईन, नेताहरुले जबरजस्ती धर्मनिरपेक्षता लादेका हुन । हिन्दू संगठित भएमात्र हिन्दू राष्ट्र पुन कायम गराउँन सकिन्छ । त्यसैले सम्पूर्ण हिन्दू समाज श्री रामको आवाजको साथमा अगाडी बढ्नु पर्छ ।
कार्यक्रममा बाबा बजरंगी दासले जातीय समिकरण गरेर राजनितिक लाभ लिने काम मात्र भईरहेको छ, जातिया स्वार्थभन्दा माथि उठेर समग्र हिन्दू समाज एकजुट भएमात्र नेपाललाई पुन हिन्दू राष्ट्र कायम गराउँन सकिने बताए । अहिले देशमा गैर हिन्दू हावी हुदै गईरहेका छन, लवजिहाद, हिन्दू चेलीबेटी अपहरण जस्ता देशविरोधी गतिविधि बढ्दै गईरहेको हुनाले सम्पूर्ण हिन्दू समाज संगठित भएर यसको विरोधमा लाग्नु पर्ने बताए ।
वीरगन्ज ८ घडिअर्वाका पूर्व वडा समिति अध्यक्ष नगिना साहको अध्यक्षतामा आयोजित शालीक अनावरण कार्यक्रममा शिवपार्वती धर्मशालाका अध्यक्ष परमानन्ध साह, स्वर्गिय काशी तिवारीका पत्नी बबिता तिवारी लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
स्वर्गिय तिवारीको २०६७ असार १२ गते निर्मता पूर्वक नेकपा माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेको थियो । जनआन्दोलनको फाईदा उठाउँदै तत्कालिन नेकपा माओवादी सहितको सात दलले युरोपियन मुलुकको प्रभावमा परि जनताको मत नै नबुझि विश्वको एकमात्र हिन्दू राष्ट्र देश नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेसंगै देशभरी नै धर्मनिरपेक्षता खारेजीको माँग उठेको थियो । २०६७ सालामा हिन्दू युवा संघले पनि वीरगन्जमा हिन्दू राष्ट्र कायम गराउँन चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरेको थियो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका सात दलले जबरजस्ती ल्याएको धर्मनिरपेक्षता खारेजीको माँग गर्दै सात दल विरुद्ध दिनहू वीरगन्जमा जुलुस नारा सहित प्रदर्शन हुँदै आएको थियो । तत्कालिन नेकपा माओवादीले हिन्दू युवा संघको आन्दोलनको कार्यक्रमलाई चुनौती दिदै २०६७ बैशाखको दोश्रो साता वीरगन्जमा साताव्यापी आमहड्तालको आह्वान गरेको थियो । हिन्दू राष्ट्रको पक्षमा हिन्दू युवा संघको आन्दोलन जारी रहेकै बेलामा माओवादीले घण्टाघर चौकमा मन्च बनाई विरोधको कार्यक्रम गईरहँदा दुवै पक्षविच झडप भएको थियो ।
स्थिती भयावह हुदै गएपछि व्यापक रुपमा परिचालन गरिएको प्रहरीले लाठी चार्ज गर्दा दुवै समूहका दर्जनौ कार्यकर्ता घाईते भएको थियो । घट्ना पश्चात स्थिती केहि दिनसम्म साम्य भएको थियो । २०६७ असोज १२ गतेका दिन हिन्दू युवा संघको अध्यक्ष काशी तिवारी घडिअर्वा स्थित शिवपार्वती धर्मशामा छलफल पश्चात मन्दिर अगाडी उभिएको अवस्थामा मोटरसाईकलमा आएको माओवादीका हतियारधारी समूहले उनमाथि अन्धाधुन गोली प्रहार भएको थियो ।
गम्भीर घाईते भएका तिवारीलाई तत्काल उद्दार गरी वीरगन्जको नारायणी अस्पतालमा पु¥याउँदा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रानीघाटबाट नै २०६७ भदौ २१ गते माओवादी कार्यकर्ता अमन कुशवाहालाई पक्राउ गरेको थियो । पक्राउ परेका कुशवाहले ‘तत्कालिन माओवादी नेता प्रभु साहको योजनामा उनकै स्वकीय सचिव फिरोज भनिने सियाराम कुशवाहले गोली प्रहार गरेको र आफूले रु।२ लाख पाउने शर्तमा सियारामलाई पछाडि राखेर मोटरसाइकल मात्र चलाएको’ बयान अदालतमा दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद