Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप विहीबार एकैदिन ६ वटा खेल हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमरा÷
बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज एकैदिन ६ वटा खेल हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा हिजादेखि शुरु सिमरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो दिन आज ६ वटा खेल हुने भएको हो । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत दोश्रो दिनको पहिलो खेल अहिले भईरहेको छ ।
पहिलो खेल बिहान ७ बजेदेखि सिमरा भेट्रान क्लब ए र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच भईरहेको प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिनुभयो । दोस्रो खेल बिहान ८ बजे भेट्रान सिटि विरगञ्ज र भुटनदेवी भेट्रानबिच हुनेछ । तेस्रो खेल विरगञ्ज सिटि पर्सा र काल भैरव भेट्रान हेटौडाबिच हुनेछ । चौथो खेल दिउसो २ बजे काठमाण्डौ भेट्रान र कलकत्ता भेट्रान भारतबिच हुनेछ ।

पाचौ खेल मोरङ भेट्रान र अभिषेक चर्च परासीबिच हुनेछ । यसैगरी छैठौ खेल डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा र दार्जिलिङ भेट्रान भारतबिच हुने प्रतियोगिता संयोजक चौधरीले बताउनुभयो । यसअघि हिजो भएको उद्घाटन खेलमा सिमरा ‘बि’ भेट्रान र चितवन भेट्रान चितवन विजयी भएको थियो । हिजो भएको पहिलो खेलमा सर्लाही भेट्रानलाई ८–० गोल अन्तरले पराजित गर्दै सिमरा ‘बि’ भेट्रान विजयी भएको थियो भने दोश्रो खेलमा नागसोती भेट्रान हेटौडालाई २–१ गोल अन्तरले पराजित गर्दै चितवन भेट्रान चितवन विजयी भएको थियो । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा बागमती भेट्रान, भेट्रान सिटि भेट्रान विरगञ्ज, भुटनदेवी भेट्रान, विरगञ्ज सिटि भेट्रान, काल भैरव भेट्रान हेटौडा, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, विरगञ्ज युथ एकेमेडमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, दार्जिलिङ भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बिको सहभागिता रहेको प्रतियोगिता संयोजक चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउनेछन् । प्रतियोगिताको सह–प्रायोजकमा हुलास स्टिल सिमरा, जगदम्बा स्टिल सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ ।

यसैगरी प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री सिमरा, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, हस्पिटालिटि पार्टनरमा अल्पाईन हस्पिटल सिमरा र मिडिया पार्टनरमा गोल नेपाल डटकम, रेडियो समर्पण ९८.२ मेगाहर्ज, ई सिलालेख डटकम र ए वान समाचार डटकम रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद