Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माँ अन्नपुर्णा निशुल्क भोजन शिविर को तेश्रो बार्षिक उत्सव भब्य एवं सभ्य रुपले सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २५,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह २५ भाद्र बिरगंज । निशुल्क भोजन खुवाउदै आएको बिरगंजको मा अन्नपुर्णा निशुल्क भोजन शिविर को तेश्रो बार्षिक उत्सव सभ्य एवं भब्य रुपले सम्पन्न गरेको छ । बिरगंज को ६ नम्बर गेट अगाडि ३ नम्बर रोड मा संचालित मा निशुल्क भोजन शिविर कार्यक्रम का अध्यक्ष हरेन्द्र प्रसाद कुर्मी को अध्यक्षता एवं बिरगंज महानगर का संस्थापक मेयर समाजसेवी बिजय कुमार सरावगी को प्रमुख आतिथ्यमा तथा बिरगंज महानगर वडा ६ का वडाअध्यक्ष जय प्रकाश साह को विशिष्ट आतिथ्यमा सो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा प्रमुख अतिथी सरावगिले दिन दुखी असहाय बिपन्न हरुलाइ निशुल्क खाना खुवाएर गरिएको मानवसेवा सर्बोत्तम सेवा हो र तपाइहरुले गरि आइरहनुभएको यो सेवा कार्य ले हामी बिरगंजवासी निकै खुशी हुन्छौ गर्बिलो महसुस गर्छौ भनी सम्पुर्ण परिवार लाई मुरि मुरि धन्यवाद दिएका छन ।

समाजसेवा मेरो जीवन को उद्देश्य नै भएको र बिगत लामो समयदेखी आफुले भ्याए सम्म विभिन्न किसिमले समाजसेवा गरिरहने हुदा नै आज मलाइ सबैले असाध्यै माया गरि रहेको बताउदै अब निर्वाचन आउदै छ र विषम समय भएकोले योग्य एवं समाजसेवी उम्मेदवार हरुलाइ जिताउन अपैल गर्दै यस निशुल्क भोजन कार्यक्रम लाई मेरो केही कतै आवश्यकता परे म साथ सहयोग गर्न तयार रहेको बताउदै बधाई एवं शुभकामना दियेका थिए ।

सो अवसरमा विशिष्ट अतिथी शाह ले हाम्रो वार्ड मा ३ ठाउमा निशुल्क भोजन कार्यक्रम चलाएर दिन दुखी असहाय बिपन्न हरुको सेवा कार्य हुँदै आएकोमा मलाइ निकै खुशी र गर्व लाग्दै आएको छ र सायद यो विश्व मा कमै ठाउँ होला जहाँ एउटै वार्ड मा ३ तीन ठाउमा निशुल्क भोजन खुवाइन्छ यस्तो महान सोच कर्म भएका हरुको जनप्रतिनिधि हुन पाउँदा खुशी गर्व को साथै थप जिम्मेवारी थपिएको छ र आउने दिनमा मेरो वार्ड समिती कार्यालय र ब्यक्तिगत मेरो तर्फ बाट सम्पुर्ण निशुल्क भोजन कार्यक्रम सन्चालन गर्ने संस्था हरु संग हातेमालो गरि आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै तत्काल २ वटा पोर्टेबल टेन्ट उपलब्ध गराउने घोषणा पनि गर्नु भयो ।

सो अवसरमा अतिथी हरु नेपाल पत्रकार महासंघ पर्सा का सचिव किशोर सिंह, वडा ६ का वडासदस्यहरु पवन शर्मा( राजु खडगी , सन्चारकर्मी हरु प्रमोद चौरसिया ,जाकिर हुसेन , सन्जय दास चौधरी लगायत संस्था का पदाधिकारी सदस्यहरु, समाजसेवी हरु एव स्थानिय को सहभागिता रहेको थियो । कार्यक्रम मा प्रमुख अतिथी ,विशिष्ट अतिथी, अतिथी लगायत ले संस्था का सहयोगी एवं पदाधिकारी सदस्यहरु लाई गमछा ओढाएर सम्मान गरेका थिए ।
आज को बार्षिक उत्सव कार्यक्रम मा करिब ३०० जनाले निशुल्क भोजन शिविर बाट भोजन ग्रहण गरि लाभान्वित भएका वरिष्ठ सदस्य समाजसेवी हुकुम सिंह ले बताउनु भएको सो कार्यक्रम मा स्वागत मन्तव्य संस्था का कोषाध्यक्ष लोकमान टिबडेवाल ले गर्नु भएको थियो भने सहजीकरण सदस्य एवं सन्चारकर्मी लालबाबु सिंह ले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ भाद्र २५,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ भाद्र २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद