Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेकपा (माओवादी केन्द्रका ) केन्द्रिय सदस्य तथा युवा नेता रहबर अन्सारी यतिबेला निकै चर्चामा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २१,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भदौ २१
राजनीतिबाट एउटा अलग नै पहिचान बनाउन सफल भएका वीरगञ्जका चर्चित व्य्तित्व तथा नेकपा (माओवादी केन्द्रका ) केन्द्रिय सदस्य तथा युवा नेता रहबर अन्सारी यतिबेला निकै चर्चामा देखिएका छन । त्यो चर्चाको बिषय भनेको उनले सञ्चालन गरेका निःशुल्क “ रहबर केयर फिजियो थेरापी“। वीरगञ्ज महानगरपालिका वडा नं १४ बहुअरी मा संचालित रहबर केयर फिजीयो थेरापी जुन निःशुल्क रूपमा आम नागरिकलाई ४ दिन देखि सेवा दिदै आएको छ । रहबर फाउन्डेसनबाट संचालित कोरियन प्रविधि र पद्धतिबाट गरिने निःशुल्क थर्मल थेरापी सेवाबाट दिनहु १५० भन्दा बढीले निरन्तर सेवा लिईरहेका छन।

खासगरी मृगौला सम्बन्धी समस्या, हातखुट्टा, कम्मरको दुखाइ, मुटु सम्बन्धी समस्या, पायल्स, ग्यास्टिक, कब्जियत, थाइराइड, प्यारालाइसिस, निन्द्रा नलाग्ने, निमोनिया आदि रोग भएका बिरामीहरूलाई रहबर केयरले निःशुल्क रूपमा फीजियो थेरापीको मदतले उपचार गर्दै छ। यो सेवा वडा नं १४ बहुअरी र वडा नं ३१ मिलन चोकमा बिगत दुइ महिना देखि गरी दुई ठाउँमा सञ्चालनमा रहेको फाउन्डेसनका प्रदीप श्रेष्ठले जानकारी दिए ।

उनले वडा नं १४ बहुअरी टोलमा पर्सा र बाराका स्थानीयहरूले निरन्तर रूपमा सेवा लिइरहेको र सेवा गर्न अवसर पाएकोमा फाउन्डेसनका संचालक रह्बर अन्सारी अति नै खुसि बयक्त गरि साथै मेरो चाहना नै यहि थियो भन्ने कुरा बताए । युवा नेता अन्सारी राजनीतिको साथ साथै सामाजिक कार्यमा पनि निरन्तर साथ र सहयोग गर्दै आएका छन । सेवाको भावनाले नै यो कार्यको आरम्भ भएको फाउन्डेसनले जानकारी दिएको छ ।

यती बेला देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तैयारी पनि सुरु भइसकेको छ । विगतमा स्थानीय र प्रदेश सभाको निर्वाचनमा माओवादी पार्टीबाट टिकट लिई चुनाव लडेका युवा नेता रहबर अन्सारी यसपालिको प्रदेश सभाको चुनावमा गठबन्धनबाट चुनाव लडने तैयारीमा छन। आम जान समुदायमा र खासगरी युवा वर्गमा आफ्नो छाप बनाउन सफल भएका नेता अन्सारीलाई प्रदेश सभाको टिकट निश्चित जस्तै छ । यदि नेता अन्सारी साच्चिकै प्रदेश सभाको निर्वाचनमा भाग लिने हो भने यसपाली राम्रो रिजल्ट ल्याउन सक्ने राजनीतिक जानकारहरु बताउछन । यसका लागि नेता अन्सारीले आफ्नो क्षेत्रमा चुनावको तैयारी समेत सुरु गरिसकेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ भाद्र २१,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ भाद्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद