Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको तेश्रो अधिवेशन शनिबार सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १८ भदौ । नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सफल खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा भएको बन्दसत्रबाट अध्यक्षमा सफल खतिवडा, उपाध्यक्षमा माधुरी महतो, सचिवममा श्रवण कुमार साह, कोषाध्यक्षमा शम्भू कुमार सुमन लगायत ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि अधिवेशनको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको थियो ।

उहाँले क्यामेराबाट फोटो खिचेर अधिवेशनको औपचारिक उदघाटन गर्नुभएको थियो । उदघाटन सत्रमा शुभकामना मन्तव्य राख्नेक्रममा उहाँले समाजलाई नकारात्मक भन्दा सकारात्मक सन्देश दिने तस्वीरहरु खिच्न फोटो पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

वीरगन्जमा धेरैजसो सीमाक्षेत्रमा हुने तस्करीका फोटोहरुमा मात्रै पत्रकारहरुको ध्यान जाने गरेको टिप्पणी गर्दै उहाँले समाजलाई सन्देश दिने खालको ‘तस्वीर बोल्छ’ भन्ने फोटो पत्रकारिताको माध्यमबाट वर्णन गर्ने फोटोहरु खिच्न आग्रह गर्नुभयो ।

फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद