Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वीरगञ्जको लालपर्सामा रहेको रामरहिम सहकारीको १५ औ सधारण सभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १८,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

भदौ १८ वीरगञ्ज
वीरगञ्ज महानगरपालिका–३० मा रहेको रामरहिम बचत तथा ऋण सहकारी सँस्थाको १५ औ बार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ ।सधारण ।सभामा सँस्थाका कोषाध्यक्ष मन्जय साहले आर्थिक बर्ष २०७८÷७९ को रु एक करोड १८ लाख एक हजार ७१० रुपैयाको आय ब्यय प्रस्तुत गरेका थिए ।

सधारण सभालाई सम्बोधन गर्ने बक्ताहरुले सहकारीमार्फत स्थानीयलाई फाईदा पुगेको बताएका थिए ।उनीहरुले सहकारी भएकै कारणले मलखादको टोलमा सहज रुपमा उपल्बध भएको बताएका थिए ।सधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला बचत तथा ऋण सहकारी सँघ पर्साका अध्यक्ष राजेश पँडितले सहकारीले सानो सानो पुँजीलाई जोडेर ठुलो काम गर्न सफल भएको बताएका थिए ।

उनले बिश्वमा सहकारीकोमार्फत भएका काम र सहकारीबाट हुने फाईदाको बारेमा प्रकाश पारेका थिए ।रामरहिम सहकारीका कारण वडा नम्बर ३० का किसानहरुलाई सहज रुपमा मलखाद उपल्बध हुदै आएको नेपाली काँग्रेस वडा नमबर ३० का सचिव एवम् स्थानीय अगुवा लहवर साहले बताए ।

उनले सहकारीलाई अगामी दिनहरुमा मिलेर अघि बढाउन सके सहकारी सँगै टोलबासीको पनि ईज्जत बढने कुरामा जोड दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै सँस्थाका अध्यक्ष हरिशँकर साहले सँस्थामा लगानी गर्न आम जनतासित आग्रह गरे ।उनले आफनै गाउँ टोलमा रहेको सहकारीको शेयर खरिद गरि सँस्थालाई अघि बढाउनमा मदतगर्न अनुरोध पनि गरेका थिए ।

सधारण सभामार्फत सँस्थामा रिक्त रहेका सचिवको समेत चयन गरिएको थियो ।जस अनुसार सचिव पदमा सर्ब सहमतिले श्रीराम मण्डललाई चयन गरिएको सँस्थाका अध्यक्ष हरिशँकर साहले जानकारी दिए ।सधारण सभामा वडा नम्बर ३० का पुर्ब वडाध्यक्ष अमानत अन्सारी,रुपनारयण महतो,बिरेन्द्र यादव,जँगबहादुर साह लगायतले पनि आ आफनो मन्त्ब्य ब्यक्त गरेका थिए ।सधारण सभाको सहजीकरण श्रीराम मण्डलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद