Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राजकुमार महतो भने औषधि कारखानामा काम लगाइदिने भन्दै ठगी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बर्दिबासबाट बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १ सिमरा आई बसेकी २६ वर्षीया सपना परियार जागिरको खोजीमा थिइन् ।
जीतपुरमा होटल व्यवसाय गर्ने उनका काकाले एक व्यक्तिले कामका लागि मानिस खोजिरहेको खबर ल्याए ।
काकाले सपनालाई ती व्यक्तिसँग चिनजान पनि गराइदिए । उनले आफ्नो नाम, राजकुमार महतो भने, वीरगञ्ज महानगरपालिका–१४ मुर्ली घर भनी ठेगाना दिए । आफू नेपाल फर्मास्युटिकल्स लिमिटेड ९एनपीएल० का सुपरभाइजर रहेको पनि बताए ।
‘एनपीएलमा प्याकिङको लागि केही महिला चाहिएको छ । अनुभव केही चाहिँदैन, नागरिकताको फोटोकपी, दुई प्रति पासपोर्ट साइजको फोटो र ३ हजार ५०० रुपैयाँ दिए हुन्छ’ महतोले भनेका थिए ।
शुरुमा उनले ५ जना आवश्यक रहेको बताए । सपनाले कामको खोजीमा रहेका पाँच जनासँग पैसा उठाएर उनले भनेजसरी नै कागजपत्र बुझाइन् । पछि उनले थप अरु पनि आवश्यक पर्‍यो भन्न थाले । ह्वाट्सएप र फोनमा राजकुमार र सपनाबीच कुराकानी हुने गरेको थियो । उनले आफू बसोबास गर्दै आएको पानी ट्याङ्की क्षेत्रका अन्य महिलासँग पनि रकम संकलन गरेर राजकुमारलाई बुझाइन् ।
तर २१ साउनदेखि शनिबार साँझबाट भने राजुकुमार भन्ने व्यक्तिले प्रयोग गर्ने ९८०८२०४८३७ नम्बरको मोबाइलमा सम्पर्क हुन छाड्यो । त्यसपछि बल्ल उनलाई आफू ठगिएको महशुस भयो । उनले अरु साथीलाई पनि फोन गर्न लगाइन उस्तै जवाफ आयो ।
आइतबार सबैजनाले एनपीएलको उद्योगमा गएर बुझ्दा ती युवक उद्योगको कर्मचारी नरहेको खुल्यो । त्यसपछि आफू ठगिएको बुझेका महिलाले इलाका प्रहरी कार्यालयमा जीतपुरसिमरामा पुगेर राजकुमारविरुद्ध जाहेरी दिए ।
जागिर पाउने आशामा सपनासँगै गायत्री दर्जी, दिलमाया दर्जी, सविता नेपाल, अमृता तामाङ, तिलकुमारी स्याङ्तान, सुजाता खुलाल, चन्दिका अधिकारी, शोभा देवकोटा, जमुना बजगाई, शुभद्रा बास्कोटा लगायत २७ जनाले ९४ हजार ५ सय रुपैयाँ राजकुमारलाई बुझाएका थिए ।
‘मैले राजकुमारको एनसीसी बैंकको खातामा ३१ हजार ५ सय, साथीहरुले २१ हजार र १० हजार ५ सय जम्मा गरेका छन्’ सपनाले भनिन्, ‘केही रकम उनले नगदै पनि लिएका छन् । २७ जनाको ९४ हजार ५ सय बुझायौं, उनी सम्पर्कविहीन छन् ।’
नम्रता पकुवालले आफू र अन्य साथीहरुको गरी साउन १५ गते २१ हजार राजकुमारको खातामा जम्मा गरेकी थिइन् । ‘जागिर पाउन त्यति सजिलो छैन, भित्री रुपमा राख्ने हो, तपाईंहरुको हितको लागि मात्रै म सहयोग गर्दैछु भनेर फकायो’, उनले भनिन् ‘विश्वासमा परेर साथीहरुसँग समेत पैसा उठाएर दिइयो । पैसा लिएर भागिदिएपछि मर्कामा परेका छौं ।’
ठगी आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।
‘कसैले कुनै पनि बहानामा ठगी गरेको छ र प्रहरीकोमा उजुरी आउँछ भने घटनाबारे अनुसन्धान हुन्छ’, उनले भने ‘यदि दोषी छ भने जुनसुकै व्यक्ति भएपनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौं ।’सभार अन्लाइन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद