Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह
जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । बारा जिल्ला जितपुरसिमरा नगर उधोग वाणिज्य सँघको निर्वाचनको मतपरिणाम आईतवार आएसँगै निर्वाचन सम्पन्न भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा मनोज कुमार गुप्ताले निकटतम प्रतिद्धन्द्धी ओमप्रकाश गुप्तालाई ५९ मतको मतान्तरले हराउँदै निर्वाचित भएका हुन । उनले तीन सय १९ मत प्राप्त गरेका थिए ।
वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता सर्वाधिक तीन सय मत ल्याई निर्वाचित भएका हुन् । अन्य उम्मेदवार मोहन साह कलवारले दुई सय ११ मत, अर्जुन लम्सालले एक सय ६६ मत, सन्तोषकुमार गुप्ताल एक सय ३४ मत र रामायणप्रसाद साहले १४ मत प्राप्त गरेका छन् ।
उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् । संघको महासचिव पदमा प्रकाश गिरी चार सय ८५ मत ल्याई निर्वाभित भएका हुन । कोषाध्यक्ष पदमा रामबाबु कलवारले पाँच सय ८५ मत ल्याई निर्वाचित भएका छन् । सोही पदका प्रत्यासी अमरप्रसाद यादवले तीन सय १५ मत प्राप्त गरेका थिए ।
वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले दुई सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले एक सय ९८ मत, गिता शर्माले एक सय ४३ मत, श्यामबाबु साहले एक सय १६ मत, शान्ताकुमारी बजगाई ९रिना० ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गरेका छन् । यसअघि उद्योगतर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेल निर्वाचित भएका छन् । यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ मत र रिना रौनियार पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा यसअघिनै अध्यक्षमा निर्वाचित भईसकेका छन् । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी पदका लागि शनिबार निर्वाचन भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०७९ असार १२,आईतवार
पर्सा–३ मा चुनावी बहस तीव्र, आरोप–प्रत्यारोपबीच मुद्दा र जनविश्वासको परीक्षा
मुख्य समाचार

पर्सा–३ मा पुस्तान्तरणको संकेत : युवा उम्मेदवार रूपेश पाण्डे बनाम परम्परागत राजनीति

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद