Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको एक विद्यालयमा शिक्षक नभएको कारण विधार्थीहरुद्वारा तालाबन्दी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
tasbir niraj thakur

tasbir niraj thakur

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज १२ असार । पर्साको एक विद्यालयमा विधार्थीहरुद्वारा तालाबन्दी गरेका छन् । बहुदरमाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुर स्थित भंगी साह उच्च माध्यमिक विधालयमा शिक्षक नभएको कारण विधार्थीहरुले तालाबन्दी गरेका छन् । पछिल्लो केहि वर्ष देखी विधालयमा दरबन्दी अनुसारको शिक्षक नहुदाँ पठपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार विहान ६ बजे देखी ९ बजे सम्म विधाालयको मुल गेटमा तालाबन्दी गरेका हुन् । मावि तहमा दिनको ७ घण्टी पढाइ हुनु पर्नेेमा मावि तहमा ४ जना मात्रै शिक्षक भएकाले पुरा घण्टी पढाइ नै नभएकाले शिक्षकहरुको माग गर्दै विधार्थीहरुले विधालयमा तालाबन्दी गरेका हुन् ।
विधालयमा दबरन्दी अनुसारका शिक्षक नहुदा विधार्थीहरुको पठनपाठनमै असर परेपछि हामी सबै साथिहरु बाध्य भएर तालाबन्दी गरेको कक्षा १० मै अध्ययनरत छात्रा रेश्मी गुप्ताले बताइन । उनले भनीन हामीले पठनपाठनमात्र नभैइ शैचालय समेत अव्यवस्थित रहेको बताइन ।
कक्षा कोठमा लेख र विज्ञान विषयको मात्र पढाइ हुने गरेको छ भने बाकीको पाँच विषयका लागी टियूशन गर्नु पर्ने कक्षा १० मै अध्ययनरत अर्का छात्रा रिंकी कुमारी बताइन् ।
हामीले पटक पटक शिक्षकको पदपुर्तिको माग राखेर ७ दिनको अल्टिमेट दिदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आइतबार विधालयमा तालाबन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत छात्र अभिशेक पटेलले बताए । उनले भने ,‘ ७ घण्टी पढाइ हुनुपर्छ तर शिक्षक भने ४ जना मात्र हुनुहुन्छ जस मध्य दुई विषय मात्र पढाइ हुन्छ । नगरपालिका र वडामा नवनिर्वाचित जनप्रतिनिधीहरु आएपनि हामी मत्र होइन यस भन्दा पहिलाका सिनीयर दाईहरुले समेत यो समस्या खेपनु परेको छ । अझै विधालयको समस्या दिन प्रति दिन बढदै गएको कक्षा १० मै अध्ययनरत अर्का छात्र सुरज पटेलले बताए ।
विधालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले पनि दरबन्दी अनुसारका शिक्षक नहुदा समस्या भएको स्वीकारे । उनले भने उच्च मावि र मावि तहमा गरि जम्मा ४ जना मात्र शिक्षक रहेका छन् । ती चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छन् । तर कुनै दिन कोहि शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विधार्थीको पठनपाठन प्रभावित हुने गरेको प्रअ उपाध्यायले बताए ।
आइतबार शिक्षकको माग गर्दै विधाार्थीहरुले विधालयमा तालाबन्दी गरेको जानकारी दिदै उनले समस्या सामधानका लागि सोमबार बिहान आठ बजे तिर पालिकाका जनप्रतिनिधी,आन्दोलनरत विधार्थी र विधालय प्रशासन बिच छलफलका लागि बैठक बोलाइएको जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार १२,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद