Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

मालवाहक रेल चलाउन पाँच जिल्लाका उद्योगी व्यवसायीको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ११,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, ११ असार (रासस) ः जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महँगीसमेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ ।

छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक पाँच÷छ ट्रक मालसमान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालवाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए । “अहिले चलिरहेको रेल सेवामै हामीले मालवाहक रेल सेवा पनि चलाउन माग गरेका छौँ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बोकुमार साहले भन्नुभयो, “नेपाल रेल्वे कम्पनीका पदाधिकारीले मालवाहक रेल चलाउन आफूहरू सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसमान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीसँग यकिन गरेर तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।” तथ्याङ्ककै आधारमा मालवाहक रेल सेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको उपाध्यक्ष साहले बताउनुभयो ।

छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालवाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । “भारतबाट दैनिक कति परिमाणमा मालसमान ल्याइन्छ भनेर तथ्याङ्क मागेका छौँ”, उहाँले भन्नुभयो । तथ्याङ्क उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने झाको भनाइ छ ।

गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित रुपमा सञ्चालन हुँदै आएको छ । दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेशन÷हल्टको व्यवस्था गरिएको छ । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशनको व्यवस्था छ । रेल सेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । वातानुकुलित सेवातर्फ भने रु ४५० भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार ११,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद