विश्व रक्तदाता दिवसको अवसरमा पर्साको बहुदरमाई नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ५ जना महिला सहित २६ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले जानकारी गराए ।
नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका विश्रामपुरका सभापति हासिम अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंघासन साह रतmदाताहरुलाई रगत जम्मा गर्ने प्याकेट हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह , स्थानीय जसपाका नेत महन्थ यादव, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रतmसंचार केन्द्रका जितेन्द्र कुश्वाहाको नेतृत्वको प्राविधिक टोलीले सहयोग गरेका थिए भने कार्यक्रमका संचालन रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले गरेका थिए ।



