Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यालयमाथि छानविन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २५,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २५ जेठ (रासस) ः पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानविन गरी कारवाही गर्न सुरुआत गरेको छ । केही सामुदायिक विद्यालयहरूले मापदण्डअनुसार विद्यार्थीहरूलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष ०७८÷७९ मा पालिकाभित्रका कूल १४ सामुदायिक विद्यालयमा विद्यार्थीहरूका लागि एक सय दिनको खाजा खर्चस्वरुप रु ५० लाख ती विद्यालयहरूमा विनियोजन गरिएको थियो । विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरूलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ । यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ २५,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद