Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षक सहित १५ जना घाईते भएका छन् । महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जुलुसमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाईते भएका छन् । जिल्ला अदालत चितवन दरबन्दी भई हाल उनी विपद व्यावस्थापन पर्सामा कार्यरत छन् ।
महागढीमाई न.पा.२ ईनर्वा टोल बस्ने २२ वर्षीय उपेन्द्र प्र.यादव, २८ वर्षीय सरदा शंकर प्र.यादव, ६५ वर्षीया लालु देवी, ५० वर्षीया उषा देवी, १ वर्षीय दिना माझी, १५ वर्षीया चान्सी कुमार यादव घाईते भएका छन् । महागढीमाई– नं.१ सिमरा तिलगछीया टोल बस्ने ६५ वर्षीय मगनी राउत अहिर, १८ वर्षीय गुडु कुमार लहेरा, वडा नं.६ बारवा टोलका ५० वर्षीय जगदिश यादव पनि घाईते भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि वडा नं.२ ईनर्वा टोल बस्ने १८ वर्षीय राज यादव, ३२ वर्षीय संजय कार गुप्ता, १३ वर्षीय चान्सी कार यादव ६५ वर्षीय लाल यादव पनि घाईते छन् ।
एक्स रे गराएर हेर्दा प्रसनी साहको छातीको दाहिने तर्फको हड्डीमा असर देखिएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य छ । उनीहरु प्रादेशिक अस्पताल कलैयामा उपचार पछि घर फर्किएका छन् ।
प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ ईनर्वा टोलमा पुगेको थियो । जुलुसमा सहभागीले अपशब्द प्रयोग गरेको, स्थानियलाई जिस्क्याएको भन्दै स्थानीय आक्रोशमा आएका थिए । सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो । प्र.स.नि.साह समेत घाईते भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । भने वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ ।
स्थानीयले भने गाउँमा जोड जोडले डिजे नबजाउन आग्रह गर्दा नेपाली काँग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप लगाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ ८,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद