Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड रुपैयाँ

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२४ चैत । नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज बिहीवार काठमाण्डौमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनुभएको हो ।

उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि उल्लेख गर्नुभयो । टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ । शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनुभयो । अनलाइन पेमेन्ट गर्ने सरकारको कार्यक्रमअनुसारको तयारीको कामलाई पनि जोड दिइएको टेलिकमले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद