Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चैती छठ पर्वको मुख्य दिन सझिया घाट अस्ताउदो सुर्यलाई अर्घ दिई

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २४ चैत । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदैछन् । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन आज अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । छठको मुख्य दिन आज साँझ ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिन्छन् ।

वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि, नगवा, छपकैया लगायतका स्थानमा रहेका जलाशयहरुमा सरसफाइ र सामान्य सजावट गरि छठघाट तयार पारिएको छ । सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन भोलि बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि हिजो देखि निर्जला ब्रत लिएका ब्रतालुहरुले हिजै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

चैती छठ पर्ब अस्ति मंगलवार देखि विधीवत रुपमा शुरु भएको हो । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ । कात्तिक र चैत गरि वर्षमा दुइ पटक मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैते छठ , पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ । छठी माता प्रतिको आस्था र भक्ति बढ्दै गएकाले कात्तिके छठको जस्तै चैते छठ पनि मनाउनेहरुको संख्या बढ्दै गएको भोजपुरी संस्कृतिविद् उमाशंकर दुवेदीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश
मुख्य समाचार

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश
मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद