Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

अक्षराम्भ कपमा मनकामना, विद्या सदन र सनलाइटको शानदार जित, विद्या सदन क्वार्टरफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक १९,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अक्षराम्भ कप २०८३ अन्तर्गत आज सम्पन्न तीनवटा खेलमा मनकामना माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र सनलाइट माध्यमिक विद्यालयले शानदार जित हासिल गरेका छन्। उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनका बीच विद्या सदन क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने प्रतियोगितामा व्यक्तिगत कीर्तिमानसमेत कायम भएका छन्।

विद्यालयस्तरमा क्रिकेट प्रतिभाको पहिचान तथा विद्यार्थी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले माउन्ट मकालुलाई ५० रनले पराजित गर्‍यो। मनकामनाका इम्ताज हवारीले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए। उनी प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। उत्कृष्ट प्रदर्शनका लागि हवारी म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी, दोस्रो खेलमा विद्या सदन माध्यमिक विद्यालयले डीपीएसलाई ८६ रनको फराकिलो अन्तरले हरायो। विद्या सदनका जाहिद अन्सारीले आक्रामक ब्याटिङ गर्दै ५८ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका अन्सारी म्यान अफ द म्याच घोषित भए। यस जितसँगै विद्या सदनले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

आजको तेस्रो खेल अर्थात् म्याच नम्बर १० मा सनलाइट माध्यमिक विद्यालयले लिटिल फ्लावरलाई १० विकेटले पराजित गर्‍यो। सनलाइटका फरान हवारीले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले खेलमा ह्याट्रिकसमेत पूरा गरे। उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच घोषित गरियो।

आजका खेलमा व्यक्तिगत रूपमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन्। मनकामनाका इम्ताज प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने खेलाडी बने भने विद्या सदनका जाहिदले एउटै खेलमा अर्धशतकसहित ५ विकेट लिने उपलब्धि हासिल गरे। त्यस्तै, सनलाइटका फरानले ह्याट्रिक गर्दै उत्कृष्ट बलिङ प्रदर्शन गरे।

प्रतियोगितामा हालसम्म विद्या सदन माध्यमिक विद्यालयले एकै इनिङमा १५० रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान कायम गरेको छ। लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको विद्या सदन क्वार्टरफाइनलमा प्रवेश गरेपछि प्रतियोगिताको आगामी चरण थप रोचक हुने अपेक्षा गरिएको छ।

भोलि तीन खेल हुँदै

प्रतियोगिताअन्तर्गत भोलि कार्तिक १९ गते म्याच नम्बर ११, १२ र १३ का खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

भोलिको खेल तालिकाअनुसार म्याच नम्बर ११ मा मिनी ल्यान्ड सेकेन्डरी स्कुल र पीस जोन सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा हुनेछ। म्याच नम्बर १२ मा कादम्बरी एकेडेमी र जीएसपी सेकेन्डरी स्कुल आमनेसामने हुनेछन् भने म्याच नम्बर १३ मा ज्ञानोदय सेकेन्डरी स्कुल र ओम नेशनल सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

विद्यालयस्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाको पहिचान, खेलकुदप्रतिको आकर्षण अभिवृद्धि तथा विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको अक्षराम्भ कपले पछिल्लो समय दर्शक तथा खेलप्रेमीको ध्यान आकर्षित गर्दै गएको छ।

सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र न्यू वेभ माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा आगामी खेलसँगै क्वार्टरफाइनल प्रवेशका लागि विद्यालयहरूबीचको प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एक वर्षको वारेन्टी, २५ दिनमै फ्युज भए सडकबत्ती – परवानीपुरमा ७ लाखको खरिदमाथि प्रश्न ?
मुख्य समाचार

एक वर्षको वारेन्टी, २५ दिनमै फ्युज भए सडकबत्ती – परवानीपुरमा ७ लाखको खरिदमाथि प्रश्न ?

प्रकाशित : २०८३ कार्तिक १९,बुधबार
वीरगन्ज कलेजमा दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज कलेजमा दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रकाशित : २०८३ कार्तिक १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद