Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल एकेडेमी तेस्रो

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक १५,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, कार्तिक १४। प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित प्याब्सन सिर्जनात्मक लेखन २०८३ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। प्रतियोगितामा ३५ अंक प्राप्त गर्दै साउथ जोनले पहिलो स्थान हासिल गरेको हो। त्यस्तै, २० अंकसहित गुरुकुल एकेडेमी दोस्रो र १७ अंकसहित द रोयल एकेडेमी तेस्रो भएका छन्।

शनिबार द रोयल एकेडेमीमा सम्पन्न प्रतियोगितामा पर्साका २५ विद्यालयका १८४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले नेपाली तथा अंग्रेजी हस्तलेखन विधामा कक्षा १ देखि १० सम्मलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गरेका थिए।

प्याब्सन पर्साका उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादवको संयोजनमा सम्पन्न प्रतियोगितामा समूह ुएु ९कक्षा १–३० को नेपाली हस्तलेखनतर्फ साउथ जोन माध्यमिक विद्यालयकी आरोही पटेल प्रथम, गोल्डेन फ्युचर माध्यमिक विद्यालयका रोशन साह द्वितीय र गुरुकुल स्कुलकी सेजल कुशवाहा तृतीय भए। अंग्रेजी हस्तलेखनतर्फ गुरुकुल एकेडेमीका निर्बिक साहनी प्रथम, साउथ जोनकी काजल प्रजापति द्वितीय र मुनलाइट माध्यमिक विद्यालयकी सोनम ठाकुर तृतीय भए।

समूह बी ९कक्षा ४–५० को अंग्रेजी हस्तलेखनतर्फ साउथ जोनका एमडी जैद अन्सारी प्रथम, गुरुकुल एकेडेमीका सृजल जायसवाल द्वितीय र द रोयल एकेडेमीकी मानवी चौहान तृतीय भए। नेपाली हस्तलेखनतर्फ साउथ जोनकी अनुष्का सिंह प्रथम, गुरुकुल एकेडेमीकी अनुष्का यादव द्वितीय र विद्यासदन माध्यमिक विद्यालयकी साहिन खातुन तृतीय स्थानमा रहे।

त्यसैगरी, समूह ुसीु ९कक्षा ६–८० को नेपाली हस्तलेखनतर्फ विद्यासदन माध्यमिक विद्यालयकी खुश्बु पण्डित प्रथम, मस्कट एकेडेमीका सिद्धार्थ प्रसाद यादव द्वितीय र साउथ जोनकी सोनाली चौरसिया तृतीय भए। अंग्रेजी हस्तलेखनतर्फ द रोयल एकेडेमीकी खुश्बु गुप्ता प्रथम, साउथ जोनका आदित्य कु। चौरसिया द्वितीय र गौतम माध्यमिक विद्यालयकी समृद्धि कुश तृतीय भए।

समूह डी ९कक्षा ९–१०० को अंग्रेजी हस्तलेखनतर्फ साउथ जोनका नितेश गौर प्रथम, विद्यासदन माध्यमिक विद्यालयका आयान अन्सारी द्वितीय र लिटिल एन्जल्स स्कुलकी रञ्जना दास तृतीय भए। नेपाली हस्तलेखनतर्फ द रोयल एकेडेमीकी परिशी दास प्रथम, साउथ जोनकी अंशिता कुमारी यादव द्वितीय र विद्यासदनकी अञ्जली यादव तृतीय स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा प्रत्येक समूह र विधामा प्रथम हुनेलाई ५, द्वितीयलाई ४, तृतीयलाई ३, चौथोलाई २ र पाँचौँ स्थान हासिल गर्नेलाई १ अंक प्रदान गरी विद्यालयगत समग्र नतिजा तयार गरिएको थियो। सोही आधारमा साउथ जोन माध्यमिक विद्यालय ३५ अंकसहित विजेता बनेको हो।

प्रतियोगिताको नतिजा सोही दिन सार्वजनिक गरी सहभागी विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी तथा मेडल भने कार्तिक १५ गते आयोजना हुने चित्रकला प्रतियोगिताको समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादव, सचिव अशोक संग्रौला, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, सदस्य विजय बल, पूर्व सचिव सन्नी पाख्रिन तथा द रोयल एकेडेमीकी प्रिन्सिपल विजया ओझैयालगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिता सञ्चालनका लागि स्थल उपलब्ध गराएर सहयोग पुर्‍याएकोमा आयोजकले द रोयल एकेडेमीप्रति विशेष आभार व्यक्त गरेको छ। यसै कार्यक्रमअन्तर्गत कार्तिक १५ गते चित्रकला प्रतियोगिता सञ्चालन हुने र त्यसपछि दुवै विधाका विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्याब्सन सिर्जनात्मक लेखन २०८३अन्तर्गत आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, लेखन सीप र प्रतिस्पर्धात्मक भावनाको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

वीरगञ्ज–१४ मा तीन दिनमै दुई दुर्घटना, सडकमा पार्किङ गरिएका ट्रकले बढायो जोखिम

प्रकाशित : २०८३ कार्तिक १५,शनिबार
मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन लखनऊ प्रस्थान
राष्ट्रिय

मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन लखनऊ प्रस्थान

प्रकाशित : २०८३ कार्तिक १५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद