Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुरमा लामो बिदाबारे युवाको असन्तुष्टि, शैक्षिक गुणस्तरमा प्रश्न

by प्रणय साह
प्रकाशित : २०८३ आश्विन २९,बिहीबार
A A
6
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर — बाराको परवानीपुर गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा लामो बिदा दिने निर्णय सार्वजनिक गरेपछि स्थानीय युवाले असन्तुष्टि जनाएका छन्। उनीहरूले लामो बिदाले विद्यार्थीको सिकाइ प्रभावित हुनुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा समेत असर पर्न सक्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

स्थानीय युवा राहुल सर्राफले गाउँपालिकाको सामाजिक सञ्जालमा प्रकाशित सूचनामाथि टिप्पणी गर्दै स्थानीय सरकार गठन भए पनि माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा अपेक्षित सुधार हुन नसकेको बताएका छन्। शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने समयमा झन्डै एक महिनासम्म विद्यालय बन्द गर्नु उपयुक्त नभएको उनको भनाइ छ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वका अवसरमा असोज २५ गतेदेखि कात्तिक मसान्तसम्म सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ।

त्यस्तै, अर्का स्थानीय युवा चितरञ्जन महतोले पनि लामो बिदाप्रति असन्तुष्टि जनाउँदै कात्तिक महिनाको बीचको अवधिमा विद्यालय सञ्चालन गर्नुपर्ने बताएका छन्। लामो समयसम्म पठनपाठन बन्द हुँदा विद्यार्थीले सिकेका कुरा बिर्सन सक्ने उल्लेख गर्दै उनले बिदाको समय समायोजन गर्नुपर्नेमा जोड दिएका छन्।

महतोले विद्यालय शिक्षाजस्तो संवेदनशील विषयमा समाजका अगुवा तथा सरोकारवालाहरू मौन बसेको भन्दै प्रश्नसमेत गरेका छन्। सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सबै पक्षले चासो देखाउनुपर्ने उनको भनाइ छ।

लामो बिदाका कारण विद्यार्थीको सिकाइमा असर पर्ने र यसले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वाससमेत कमजोर बनाउन सक्ने उनको टिप्पणी छ। शिक्षा सुधारका लागि स्थानीय सरकारलाई दबाब दिनुपर्ने उल्लेख गर्दै महतोले शिक्षा प्रति सचेत युवाहरूलाई एकजुट भएर पालिकामा ज्ञापनपत्र बुझाउनसमेत आह्वान गरेका छन्।

‘केही सिक्नका लागि तीन–चार महिना पनि कम हुन सक्छ, तर बिर्सिनका लागि एक महिना काफी छ,’ महतोले सामाजिक सञ्जालमा लेखेका छन्।

विद्यालय बिदाको निर्णयले स्थानीय स्तरमा शिक्षा र शैक्षिक गुणस्तरबारे बहस सिर्जना गरेको छ। युवाहरूले बिदाको अवधि पुनरावलोकन गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने व्यवस्था मिलाउन गाउँपालिकासँग माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ आश्विन २९,बिहीबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ आश्विन २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद