Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १८,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,। वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नियमित मासिक निःशुल्क कपडा वितरण गरेको छ। बैंकले शुक्रबार घण्टाघरस्थित स्वर्गीय रामजनम तिवारीको सालिक परिसरमा नयाँ तथा पुराना गरी करिब ५५० थान कपडा विपन्न तथा असहायलाई वितरण गरेको हो।
बैंकका सदस्य नवराज भट्टराईका अनुसार बैंकले वीरगन्ज महानगरपालिका–८ स्थित आफ्नै कार्यालयबाट आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म आवश्यकताअनुसार निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ।

बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी, विशिष्ट अतिथि वीरगन्ज महानगरपालिका–८ का वडाध्यक्ष रितेश गुप्ता ‘मुन्ना’, नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष तथा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्तालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै अधिवक्ता कुर्मीले ‘कोही नाङ्गो नरहोस्’ भन्ने मूल मन्त्रका साथ बैंकले विगत सात वर्षदेखि सामाजिक सेवाको अभियान सञ्चालन गर्दै आएको बताए। बैंकले कार्यालयबाट नियमित रूपमा तथा प्रत्येक महिना घण्टाघरमा कपडा वितरण गर्नुका साथै आगलागी, बाढीलगायत विपद्मा परेका परिवारको घरदैलोमै पुगेर लत्ताकपडा तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको उनले बताए।
आगामी दिनमा निःशुल्क भोजन सेवा सञ्चालन गर्ने अभियानसमेत अघि बढाउने जानकारी दिँदै कुर्मीले आम्दानीको ५ देखि १० प्रतिशतसम्म सामाजिक सेवामा खर्च गर्ने बानी विकास गर्न सबैलाई आग्रह गरेका थिए ।

विशिष्ट अतिथि वडाध्यक्ष गुप्ताले वीरगन्ज तथा ग्रामीण क्षेत्रमा पुगेर विपन्न, असहाय र पीडितलाई कपडा उपलब्ध गराउँदै आएको वीरगन्ज कपडा बैंक आफ्नै वडामा रहनु गर्वको विषय भएको बताए। सामाजिक सेवाका यस्ता अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिँदै उनले बैंकको अभियानमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैंकका संस्थापक सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले सबैको साथ, सहयोग र सहकार्यबाट बैंकको सामाजिक अभियान निरन्तर अघि बढ्ने बताए। उनले बैंकलाई सहयोग गर्ने दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेका थिए।

अध्यक्ष सिंहले मानवता बलियो बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, सहभागी तथा सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा अधिवक्ता त्रिलोक प्रताप सिंह, समाजसेवी रामनरेश यादव, श्रीराम गिरी, नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, घण्टाघर प्रहरी पोस्टका हवल्दार सिंह, सञ्चारकर्मी आकाश पटेललगायत बैंकका सदस्य तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति
राष्ट्रिय

नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
प्याब्सन राइम्स फेस्ट २०८३ मा विद्या सदनको बाजी, मूनलाइट दोस्रो
मुख्य समाचार

प्याब्सन राइम्स फेस्ट २०८३ मा विद्या सदनको बाजी, मूनलाइट दोस्रो

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद