Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १८,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १८। निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सम्बन्धमा संसद् र प्रतिनिधिसभामा व्यक्त आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एसोसिएसनले चिकित्सा शिक्षासम्बन्धी विषयमा तथ्य र प्रमाणका आधारमा मात्रै धारणा सार्वजनिक गर्न आग्रह गरेको छ। प्रमाणित नभएका आरोपका आधारमा कुनै संस्था वा व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने गरी विषय सार्वजनिक गर्नु उचित नभएको एसोसिएसनको भनाइ छ।

एसोसिएसनका अनुसार मेडिकल कलेजहरूको नियमित अनुगमन, निरीक्षण तथा नियमन चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायतका नियामक निकायबाट हुने गर्छ। अनुगमन वा छानबिनका क्रममा कुनै अनियमितता देखिएमा स्थापित कानुनी प्रक्रियाबाट त्यसको निरूपण र दोषी देखिए कारबाही हुनुपर्ने उसले जनाएको छ।

विज्ञप्तिमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवासँग जोडिएका विषयमा सार्वजनिक बहस गर्दा तथ्य, प्रमाण र जिम्मेवारीप्रति उच्च संवेदनशीलता अपनाउनुपर्ने उल्लेख छ। प्रमाणित नभएका विषयलाई आधार बनाएर निजी मेडिकल तथा डेन्टल कलेजहरूलाई बदनाम गर्दा चिकित्सा शिक्षा, स्वास्थ्यकर्मीको व्यावसायिक प्रतिष्ठा तथा स्वास्थ्य प्रणालीप्रतिको सार्वजनिक विश्वासमा असर पर्न सक्ने एसोसिएसनले जनाएको छ।

एसोसिएसनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य नियामक निकायलाई नेसनल मेडिकल कलेजसम्बन्धी उठेका विषयको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा आवश्यक निर्णय लिन आग्रह गरेको छ।

एसोसिएसनका अध्यक्ष डा। ज्ञानमान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि तथ्यमा आधारित संवाद, नियमित अनुगमन र प्रचलित कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

एसोसिएसनले कुनै व्यक्ति वा संस्थामाथि आरोप लाग्दैमा त्यसलाई प्रमाणित भएको तथ्यका रूपमा प्रस्तुत नगर्न पनि आग्रह गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर तथा विश्वसनीयता कायम राख्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने उसको धारणा छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण
राष्ट्रिय

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
प्याब्सन राइम्स फेस्ट २०८३ मा विद्या सदनको बाजी, मूनलाइट दोस्रो
मुख्य समाचार

प्याब्सन राइम्स फेस्ट २०८३ मा विद्या सदनको बाजी, मूनलाइट दोस्रो

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद