Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छोरीको पहिलो जन्मदिनमा सराफ परिवारद्वारा नारायणी अस्पतालमा निःशुल्क भोजन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १८,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — छोरी वामिका सराफको पहिलो जन्मदिनको अवसरमा सराफ परिवारले नारायणी अस्पतालमा सञ्चालित साप्ताहिक निःशुल्क भोजन कार्यक्रममा सहयोग गरेको छ । परिवारले करिब ४५० जनाका लागि भोजनको खर्च व्यहोर्नुका साथै आफैं उपस्थित भएर भोजन वितरणमा समेत सहभागी भएको हो ।

वीरगन्जका समाजसेवी मुन्ना सराफका छोरा राज सराफकी छोरी वामिकाको जन्मदिनका अवसरमा परिवारले शनिबारको भोजन कार्यक्रमको खाद्यान्नलगायत सम्पूर्ण खर्च व्यहोरेको वीरगन्ज समाज सेवाले जनाएको छ ।

वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले जन्मदिनको अवसरमा सामाजिक सेवामा सहयोग गरेको भन्दै सराफ परिवारप्रति आभार व्यक्त गरे । उनले वामिकालाई जन्मदिनको शुभकामना दिँदै परिवारको सहयोगले निःशुल्क भोजन अभियानलाई थप निरन्तरता दिन सहयोग पुग्ने बताए ।

वीरगन्ज समाज सेवाले नारायणी अस्पताल परिसरमा विगत तीन वर्षदेखि हरेक शनिबार बिहान साढे ९ बजेदेखि निःशुल्क भोजन सेवा सञ्चालन गर्दै आएको छ । कार्यक्रममा अस्पतालमा उपचाररत बिरामी, कुरुवा, असहाय, रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवालाई भोजन उपलब्ध गराउँदै आएको समाजले जनाएको छ ।

समाजका सचिव प्रकाश बाहेतीका अनुसार ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले तीन वर्षअघि केही व्यक्तिको सहभागितामा माइस्थान मन्दिर परिसरबाट सुरु गरिएको अभियान अहिले नियमित रूपमा नारायणी अस्पतालमा सञ्चालन भइरहेको छ ।

दाता परिवारका राज सराफले अस्पतालमा टाढाटाढाका ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने विपन्न बिरामी तथा कुरुवालाई निःशुल्क भोजन उपलब्ध गराइएको देखेर छोरीको जन्मदिनमा सहयोग गर्ने निर्णय गरेको बताए । सेवा प्राप्त गर्नेहरूको अनुहारमा देखिएको खुसीले आफूहरूलाई पनि उत्साहित बनाएको उनले बताए ।

‘यस्तो सेवाले समाजमा मानवता र आपसी एकताको भावना बलियो बनाउँछ,’ सराफले भने, ‘आगामी दिनमा पनि सक्दो सहयोग गर्नेछौं ।’

कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, समाजका सचिव बाहेती, सदस्य निशान्त लाठ, कल्पना किङरिङ, मुकेश अग्रवाल, रामबाबु गुप्ता, बजरङ अग्रवाल, शंकर राई, सांचे मगरलगायत सहभागी थिए ।

भोजनमा भात, दाल, आलु–चना–सोयाबिनको मिश्रित तरकारी र हरियो खुर्सानीको अचारलगायत शाकाहारी परिकार उपलब्ध गराइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–२ का रास्वपा सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा
मुख्य समाचार

बारा–२ का रास्वपा सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत
राष्ट्रिय

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद