Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?

by प्रणय साह
प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
A A
10
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर — परवानीपुर गाउँपालिका–५ सानो नौतन टोलको मुख्य प्रवेशद्वारदेखि सहायक सडकसम्म तीन महिनादेखि पानी जमेको छ। लामो समयदेखि सडक जलमग्न हुँदा स्थानीयवासीलाई दैनिक आवतजावतमा समस्या भइरहेको छ। तर, समस्या समाधानका लागि गाउँपालिका र वडा कार्यालयले पर्याप्त चासो नदिएको स्थानीयको गुनासो छ।

स्थानीय बचिया देवीका अनुसार सडकमा लामो समयदेखि पानी जम्दा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत कठिन भएको छ। जनप्रतिनिधिलाई पटक–पटक समस्या जानकारी गराए पनि अहिलेसम्म समाधान नभएको उनको भनाइ छ।

“हामीलाई बाटोमा हिँड्नसमेत समस्या छ। जनप्रतिनिधिलाई पटक–पटक समस्या देखाउँदा पनि समाधान भएको छैन,” उनले भनिन्।

सडक जलमग्न हुँदा विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका  छन्। बचिया देवीले आफ्नी छोरीलाई नरसिंह स्कुल, पिपरा मठसम्म पठाउँदा जलमग्न सडकबाट जोगिन पुरानो वडा नम्बर ९  हुँदै एकान्त नहरको पक्की सडक प्रयोग गराउनुपर्ने बाध्यता रहेको बताइन्।

“छोरीलाई विद्यालय पठाउँदा यही बाटो पार गर्नुपर्छ। अहिले पानी जमेको छ। चिसो मौसममा बिहान हुस्सु लाग्न थालेपछि झन् कसरी विद्यालय पठाउने भन्ने चिन्ता छ,” उनले भनिन्।

स्थानीयवासीको प्रश्न छ—बस्तीको मुख्य प्रवेशद्वारमा तीन महिनादेखि पानी जमिरहँदा पनि गाउँपालिका र वडा कार्यालयको ध्यान किन पुगेन ?

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित
समाचार

सांसद अन्सारीको आरोपप्रति नेशनल मेडिकल कलेजको ध्यानाकर्षण

प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
आमाको माया छात्रावासका विद्यार्थीलाई लायन्स क्लबले खाना खुवायो
राष्ट्रिय

आमाको माया छात्रावासका विद्यार्थीलाई लायन्स क्लबले खाना खुवायो

प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद