वीरगन्ज — वीरगन्जस्थित आमाको माया छात्रावासमा रहेका विद्यार्थीलाई शुक्रबार विभिन्न लायन्स क्लबको संयुक्त आयोजनामा खाना खुवाइएको छ।
लायन्स क्लब अफ वीरगन्ज क्यापिटल, लायन्स क्लब अफ वीरगन्ज परिवार, लायन्स क्लब अफ वीरगन्ज लाइफलाइन र लायन्स क्लब अफ वीरगन्ज प्रभुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमलाई लायन्स क्लब अफ ललितपुर एलिटले प्रायोजन गरेको थियो।
छात्रावासमा हाल ३० विद्यार्थी बस्दै आएका छन्। सामाजिक सेवाअन्तर्गत छात्रावासमा रहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
लायन्स क्लब अफ वीरगन्ज लाइफलाइनका अध्यक्ष डा। लायन मनोजकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट चिफ लायन चिन्तन बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जोन चेयरपर्सन लायन नरोत्तम पाण्डे र जोन चेयरपर्सन लायन रुपा बज्राचार्यलगायतको उपस्थिति थियो।
त्यस्तै, लायन्स क्लब अफ वीरगन्ज क्यापिटलकी अध्यक्ष लायन कविता खड्का, लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष लायन दिगम्बर थापा र लायन्स क्लब अफ वीरगन्ज प्रभुकी अध्यक्ष लायन सरिता रम्तेललगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक सेवामा विभिन्न संस्थाबीचको सहकार्य बढाउनुका साथै मानवीय सेवाको भावनालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ।


