Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समावेशी शिक्षाको सवाल उठाउँदै विद्यार्थी

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — ‘विद्यालय सबैका लागि हो’ भन्ने सन्देशसहित पर्साका दुई स्थानीय तहमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले समावेशी शिक्षा, सुरक्षित विद्यालय र बालअधिकारका सवाल उठाएका छन्।

धोविनी र जगरनाथपुर गाउँपालिकामा आयोजित ‘समावेशी शिक्षा र सुरक्षित विद्यालय’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विद्यालयमा हुने विभेद अन्त्य, बालबालिकाको समान सहभागिता, सुरक्षित तथा बालमैत्री वातावरण र शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

विद्यार्थीहरूले शिक्षा विद्यालयमा उपस्थित हुने विषयमा मात्र सीमित नभई हरेक बालबालिकाले सुरक्षित वातावरणमा समान अवसर र सम्मानका साथ सिक्न पाउने अधिकार भएको धारणा राखे। जात, लिंग, आर्थिक तथा शारीरिक अवस्था वा अन्य कुनै आधारमा हुने विभेदले बालबालिकाको शिक्षामा प्रत्यक्ष असर पार्ने भएकाले विद्यालयलाई सबैका लागि समान र सुरक्षित बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

अकाउन्टेबिलिटी ल्याब नेपालको सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति ९क्इम्ऋऋ० पर्साको आयोजना तथा सहकार्यमा धोविनी गाउँपालिकास्थित श्री अजिज मियाँ माध्यमिक विद्यालय र जगरनाथपुर गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीमा प्रतियोगिता आयोजना गरिएको हो।

धोविनी गाउँपालिकामा भएको प्रतियोगितामा रामशरण पटेल प्रथम, अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भए। कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका दिपेश पटेल, धोविनी गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहान, क्इम्ऋऋ पर्साका विशाल गुप्ता तथा विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामलगायत शिक्षक, अभिभावक र विद्यार्थी गरी करिब १२० जनाको सहभागिता थियो।

त्यस्तै, जगरनाथपुर गाउँपालिकामा भएको प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी काजल कुमारी प्रथम, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीका राजकुमार साह द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी सेस्नी कुमारी तृतीय भए। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका नौसाद आलम र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठी–मसिहानीकी अञ्जली कुमारीले सान्त्वना पुरस्कार पाए।

जगरनाथपुरको कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुरका प्रधानाध्यापक तथा शिक्षक सहभागी थिए। कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका शिक्षा प्रमुख रविन्द्र प्रसाद यादव, क्इम्ऋऋ पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे, दुलार्चन साह, अजय पटेल, न्क्ष्भ्ल् का प्रतिनिधि, अभिभावक तथा विद्यार्थी गरी करिब १३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा विद्यार्थीहरूले सुरक्षित विद्यालय भन्नाले भौतिक संरचना मात्र सुरक्षित हुनु नभई बालबालिकाले डर, भेदभाव र हिंसाबाट मुक्त भएर अध्ययन गर्न पाउने वातावरणसमेत रहेको बताएका थिए। बालअधिकार सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको उनीहरूको धारणा थियो।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार, अनुभव र सवाल सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर दिएको छ। यसले समावेशी शिक्षा, बालअधिकार, सुरक्षित विद्यालय र भेदभावरहित शिक्षाका विषयलाई विद्यालय तथा समुदायस्तरसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?

प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित
समाचार

सांसद अन्सारीको आरोपप्रति नेशनल मेडिकल कलेजको ध्यानाकर्षण

प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद