Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अखाद्य रङ भेटिएपछि साइकृपा गोल्ड चिया बजारबाट फिर्ता गर्न निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन ११,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । रुपन्देहीस्थित साइकृपा चिया उद्योगले उत्पादन गरेको ‘साइकृपा गोल्ड’ चियामा अखाद्य कृत्रिम रङ मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार जुलाई २०२६ मा उत्पादन गरिएको एक किलोको साइकृपा गोल्ड चियाको ब्याच नम्बर ८३।डी।०५ मा अखाद्य रङ भेटिएको हो। विभागले उक्त ब्याचलाई दूषित खाद्य पदार्थ घोषणा गर्दै बिक्री–वितरण रोक्न तथा बजारमा पुगिसकेको उत्पादन फिर्ता बोलाउन उद्योगलाई निर्देशन दिएको जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा ९२० बमोजिम दूषित खाद्य पदार्थ फिर्ता बोलाउन र उपदफा ९४० बमोजिम बिक्री–वितरण रोक्न सक्ने कानुनी व्यवस्थाअनुसार विभागका महानिर्देशक संजीवकुमार कर्णले निर्देशन जारी गरेको विभागको विज्ञप्तिमा उल्लेख छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाईका अनुसार प्रयोगशाला परीक्षणका क्रममा उक्त चियामा अखाद्य रङ मिसाइएको भेटिएपछि सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाउन प्रक्रिया अघि बढाइएको हो।

“जुलाईमा उत्पादन भएकाले अहिलेसम्म केही परिमाण उपभोग भइसकेको हुन सक्छ,” हलवाईले भन्नुभयो, “बाँकी उत्पादन फिर्ता बोलाउन उद्योगलाई पत्राचार गरिसकेका छौँ। कम्पनीले पनि फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।”

बजारबाट हालसम्म कति परिमाणमा चिया फिर्ता भयो भन्ने यकिन विवरण भने प्राप्त भइसकेको छैन। कार्यालय खुलेपछि फिर्ता भएको उत्पादनको विवरण संकलन गरिने हलवाईले बताउनुभयो।

उत्पादकमाथि कारबाही गर्न अधिकारकर्मीको माग
उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव तथा अधिवक्ता श्रृङ्गऋषि काफ्लेले उपभोक्ताको स्वास्थ्यमा असर पार्ने गरी कानुनी मापदण्डविपरीत खाद्य वस्तु उत्पादन गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ।

उहाँले बढी मुनाफा कमाउने उद्देश्यले खाद्य वस्तुको गुणस्तरमा सम्झौता गर्ने प्रवृत्तिलाई नियामक निकायले गम्भीर रूपमा लिनुपर्ने बताउँदै दोषी देखिएमा उत्पादकलाई जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभयो।

“कानुनले तोकेको मापदण्डविपरीत बढी मुनाफा लिने उद्देश्यले उत्पादकले गैरजिम्मेवार काम गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका छन्। त्यस्ता उत्पादकलाई कडा कारबाही हुनुपर्छ,” काफ्लेले भन्नुभयो, “उपभोक्ताले समयमै जानकारी पाउने गरी सूचना सार्वजनिक गर्नुपर्छ र उपभोक्ताको स्वास्थ्यमा परेको असरअनुसार व्यवसायीलाई जिम्मेवार बनाउनुपर्छ।”

ग्रामीण बजारसम्म पुगेको उत्पादन फिर्ता गराउने चुनौती
उक्त चियाको सम्बन्धित ब्याच उत्पादन भएको दुई महिनाभन्दा बढी समय बितिसकेकाले त्यसको ठूलो हिस्सा बजार हुँदै उपभोक्तासम्म पुगिसकेको हुन सक्ने देखिएको छ। यस्तो अवस्थामा उद्योगले फिर्ता बोलाउने सूचना जारी गरे मात्र सबै उत्पादन बजारबाट हटाउन कठिन हुने अधिकारकर्मीको भनाइ छ।

विशेषगरी ग्रामीण क्षेत्रका किराना तथा खुद्रा पसलसम्म फिर्ता आह्वानको सूचना प्रभावकारी रूपमा नपुगे दूषित उत्पादन बिक्री तथा उपभोग भइरहन सक्ने जोखिम छ। त्यसैले स्थानीय तहसम्म बजार अनुगमन विस्तार गरी सम्बन्धित ब्याचको चिया बजारमा बाँकी छ कि छैन भन्ने यकिन गर्नुपर्ने आवश्यकता देखिएको छ।

अधिकारकर्मीहरूले उत्पादकबाट फिर्ता बोलाउने विवरण संकलन गर्नुका साथै नियामक निकायले बजारमै पुगेर अनुगमन गर्नुपर्ने बताएका छन्। साथै, दूषित उत्पादनको अवस्था, फिर्ता गरिएको परिमाण र कानुनी कारबाहीबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको जोड छ।

खाद्य वस्तुको गुणस्तर र उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नियमित बजार अनुगमन, प्रभावकारी प्रयोगशाला परीक्षण र कानुन उल्लङ्घन गर्ने उत्पादकमाथि कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

अब साइकृपा गोल्ड चियाको ब्याच नम्बर ८३।डी।०५ बजारबाट कति परिमाणमा फिर्ता हुन्छ र नियामक निकायले उद्योगमाथि के कारबाही गर्छ भन्ने विषय चासोको बनेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम
मुख्य समाचार

सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम

प्रकाशित : २०८३ आश्विन ११,आईतवार
वीरगन्जबाट ‘देश मधेश’ साप्ताहिकको प्रकाशन सुरु
राष्ट्रिय

वीरगन्जबाट ‘देश मधेश’ साप्ताहिकको प्रकाशन सुरु

प्रकाशित : २०८३ आश्विन ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद