Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगन्जबाट ‘देश मधेश’ साप्ताहिकको प्रकाशन सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन ९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्जबाट प्रकाशित हुने ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ।
गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले मन्त्रपाठ तथा पूजापाठ गरेपछि पत्रिकाको विमोचन कार्यक्रम शुभारम्भ गरिएको थियो। पत्रिकाका प्रकाशक अभिलाश गुप्ताको अध्यक्षतामा आयोजित समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले पत्रिकाको औपचारिक विमोचन गरेका थिए।

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल र उपाध्यक्ष वीरेन्द्र साहले पनि पत्रिकाको विमोचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि चौधरीले वीरगन्जबाट प्रकाशन सुरु गरेको ‘देश मधेश’ साप्ताहिकको सफलताको शुभकामना व्यक्त गरे। गहवामाई मन्दिर परिसरजस्तो धार्मिक स्थलबाट पत्रिकाको विमोचन गरिनु सकारात्मक र प्रेरणादायी भएको उनले बताए।

‘होटलमा तडकभडकका साथ गरिने विमोचनभन्दा पवित्र मन्दिर परिसरबाट पत्रिकाको शुभारम्भ गर्नु ऐतिहासिक र प्रेरणादायी कार्य हो,’ उनले भने, ‘देश र समाजको विकासका लागि पत्रिकाले निरन्तर कलम चलाउँदै विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने विश्वास छ।’

वीरगन्जका क्रियाशील पत्रकारहरूको समूहले सञ्चालनमा ल्याएको पत्रिकाले सत्य–तथ्य समाचार सम्प्रेषणमार्फत पाठकलाई सुसूचित गर्ने अपेक्षा पनि उनले व्यक्त गरे।

नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष चौगाईले युवा पत्रकारहरूको सक्रियतामा प्रकाशनमा आएको पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना दिए। पत्रिकाले आवाजविहीनहरूको आवाज बन्दै पाठकको विश्वास जित्ने अपेक्षा उनले व्यक्त गरे।

पण्डित दुबेले अनन्त चतुर्दशीको अवसरमा शुभारम्भ गरिएको पत्रिकाले देश र समाजको पक्षमा निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे। शुभ दिनमा विमोचन गरिएको पत्रिकाले पत्रकारिताको क्षेत्रमा छुट्टै छाप छोड्ने उनले बताए।

कार्यक्रममा युवा अनिल पटेल, पत्रकार राकेशकुमार साह, सन्तोष कुशवाहा, आकाश राजभण्डारी, ओमप्रकाश सर्राफ तथा समाजसेवी धीरज साहलगायतको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

१० महिनामा वीरगञ्ज महानगरले उठायो ३६ करोड राजश्व
आर्थिक

वीरगन्जका सबै वडा कार्यालयबाटै मालपोत कर संकलन हुने

प्रकाशित : २०८३ आश्विन ९,शुक्रबार
पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित
मुख्य समाचार

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित

प्रकाशित : २०८३ आश्विन ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद