Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन ९,शुक्रबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,— वीरगन्ज–१५ स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय ९पीजी० चिकित्सकलाई छात्रावास तथा क्वार्टर खाली गर्न दिएको १२ घण्टे अल्टिमेटम हाललाई स्थगित गरेको छ।

कलेज प्रशासनले बिहीबार राति सूचना जारी गर्दै प्रतिकूल मौसम, भारी वर्षा तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै यसअघि दिइएको निर्देशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

यसअघि बिहीबार बिहान कलेजले सूचना जारी गर्दै प्रथम वर्षका सम्पूर्ण स्नातकोत्तर आवासीय चिकित्सकलाई सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको थियो। साथै उनीहरूको जिम्मामा रहेको कलेजको सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन कार्यालयमा बुझाउनसमेत भनिएको थियो।

कलेजले अर्को सूचनामा प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकको शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, ड्युटी तथा अन्य प्रशिक्षण गतिविधिसमेत अर्को सूचना जारी नभएसम्म स्थगित रहने जनाएको थियो।

आन्दोलनरत चिकित्सकहरूले भने कलेज प्रशासनले छात्रावास तथा क्वार्टर खाली गराउन १२ घण्टे सूचना जारी गरी सुरक्षा गार्डसमेत परिचालन गरेर आफूहरूलाई बाहिर निकाल्न खोजेको आरोप लगाएका छन्।

उनीहरूका अनुसार आफ्ना माग सम्बोधनका लागि केही दिनअघि काठमाडौं पुगेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा। मोहनराज शर्मा तथा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा। बद्री रिजाललगायतसँग भेट गरेका थिए।

नेसनल मेडिकल कलेजमा प्रथम वर्षमा करिब ५२ जना पीजी चिकित्सक अध्ययनरत रहेको र तीमध्ये करिब २१ जना कलेजकै छात्रावासमा बस्दै आएका छन्।

आवासीय चिकित्सकहरूको माग, कलेज प्रशासनको निर्णय तथा यसबारे भएको वार्ताको विस्तृत विवरण भने कलेज र आन्दोलनरत चिकित्सक पक्षबाट सार्वजनिक हुन बाँकी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जबाट ‘देश मधेश’ साप्ताहिकको प्रकाशन सुरु
राष्ट्रिय

वीरगन्जबाट ‘देश मधेश’ साप्ताहिकको प्रकाशन सुरु

प्रकाशित : २०८३ आश्विन ९,शुक्रबार
१० महिनामा वीरगञ्ज महानगरले उठायो ३६ करोड राजश्व
आर्थिक

वीरगन्जका सबै वडा कार्यालयबाटै मालपोत कर संकलन हुने

प्रकाशित : २०८३ आश्विन ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद