Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन ३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — तेरापन्थ युवक परिषद् वीरगन्जले सञ्चालन गरेको साप्ताहिक बृहत् रक्तदान अभियानअन्तर्गत शनिबार दुई स्थानमा आयोजित कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन्।
वीरगन्जस्थित जैन भवनमा आयोजित कार्यक्रममा तीन महिलासहित ७५ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेमा इन्द्र शोभा श्रेष्ठ, रवि रौनक ठाकुर, रञ्जित पोखरेल, आकाश मिश्रा, नवनीत क्याल, विक्रम तिवारी, विकास केडिया, रामबहादुर यादव र अभिजित ठाकुरलगायत थिए।

परिषद्का अध्यक्ष सुनिल दुगडको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, समाजसेवी राजकुमार वैद्य, एबीटीवाईपीका विश्व व्यवस्थापन सदस्य लोकेश जम्मड, रक्तदान कार्यक्रम संयोजक सौरभ भुटोरिया, रक्तदान अन कलका आशीष चोरडिया, पंकज वैद्य तथा परिषद्का पूर्वअध्यक्ष एवं मानवअधिकारकर्मी राजेश बोथरालगायत सहभागी थिए।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा परिषद्का पदाधिकारी र सदस्यको पनि सहभागिता थियो। बालाजी मेटल्स प्रालिले कार्यक्रमलाई प्रायोजन गरेको थियो भने डाबर नेपाल पेय पदार्थ साझेदारका रूपमा रहेको थियो।

प्रहरी नायब उपरीक्षक कार्कीले रक्तदानले बिरामीको जीवन बचाउन प्रत्यक्ष सहयोग पुग्ने भएकाले सबैलाई रक्तदान गर्न आग्रह गरे। समाजसेवी वैद्यले वीरगन्ज रक्तदाता र सामाजिक सेवामा अग्रसर व्यक्तिहरूको सहर भएको उल्लेख गर्दै परिषद्ले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएकोमा खुसी व्यक्त गरे।

परिषद्का अध्यक्ष दुगडले रक्तदान गरी मानवता र जीवन बचाउने अभियानमा सहभागी सबै रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी कार्यक्रमलाई पनि सहयोग गर्न आग्रह गरे।

यसअघि परिषद्ले शुक्रबार बयोधा अस्पताल वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गरी साप्ताहिक बृहत् रक्तदान अभियान सुरु गरेको थियो। अभियानअन्तर्गत शनिबार जैन भवनमा ७५ पिन्ट र वीरगन्ज–८ स्थित कावेरी स्कुलमा लायन्स क्लब अफ वीरगन्ज संस्कृत गोल्ड तथा लायन्स क्लब अफ वीरगन्ज मेट्रो सिटीको सहयोगमा २५ पिन्ट रगत संकलन भएको हो।

परिषद्का अनुसार आगामी दिनमा पनि विभिन्न कलकारखाना, अस्पताल, क्लिनिक, संघसंस्था र विद्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। वीरगन्ज रक्तसञ्चार केन्द्रमा हुने रगतको अभाव केही हदसम्म पूर्ति गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको परिषद्ले जनाएको छ।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डेको नेतृत्वमा रेडक्रसका स्वयंसेवकको टोलीले रक्तदातालाई रक्तदानमा सहजीकरण गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८३ आश्विन ३,शनिबार
प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम
मुख्य समाचार

प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम

प्रकाशित : २०८३ आश्विन ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद