Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन ३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — संविधान दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले बाराको विश्रामपुर गाउँपालिका–१ छतवा उचिडिहस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरेको छ।

‘प्रकृतिको संरक्षण गरौं, भविष्य सुरक्षित बनाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ५१ वटा बिरुवा रोपिएको प्रतिष्ठानका सचिव अविनाश झाले जानकारी दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एजुल हक मिया, प्रधानाध्यापक सन्जितकुमार चौरसिया, नेपाल पत्रकार महासंघ बाराका सदस्य शर्मा बैठा, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी जितेन्द्र यादव, राधा महतो कोइरी, मोलाजिम अन्सारी, शिक्षक देवव्रत साह र जयनाथ महतो कोइरीलगायत सहभागी थिए। प्रतिष्ठानका सदस्य भोला प्रसाद र केदार गुप्ता तथा रिम खबर नेपालका सञ्चालक आकाश पटेलसहित विद्यार्थीको पनि सहभागिता थियो।

कार्यक्रममा निम, एरिका पाम, जकारान्डा, गुलमोहर, आँवला, रातरानी, टिकमा, अमलतास र समी लगायतका बिरुवा रोपिएको थियो।

समाजसेवी सिंहले वातावरण संरक्षणमा वृक्षारोपणको महत्त्व रहेको बताए। जलवायु परिवर्तनका कारण बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुने क्षति बढिरहेको उल्लेख गर्दै उनले प्रकृतिले उपलब्ध गराउने हावा, पानी, अन्न, फलफूल, वनस्पति र जडीबुटीजस्ता स्रोतको संरक्षण गर्नु सबैको दायित्व भएको बताए।

विद्यालय परिसरलाई हराभरा बनाउँदै स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मियाले बताए। उनले विद्यालयको आग्रहमा प्रतिष्ठानले वीरगन्जबाट आएर कार्यक्रम गरेकोमा आभार व्यक्त गरे।

प्रधानाध्यापक चौरसियाले आफू वातावरण संरक्षण र वृक्षारोपणमा निरन्तर सक्रिय रहेको बताए। उनले विद्यालय परिसरमा रोपिएका बिरुवाको संरक्षण गर्दै आसपासका रुखबिरुवाको समेत जगेर्ना गर्न आग्रह गरे।

प्रतिष्ठानका सचिव झाले वातावरण संरक्षण, सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई प्रतिष्ठानले नियमित अभियानका रूपमा सञ्चालन गर्दै आएको बताए। उनका अनुसार ‘हरियो, सफा र स्वस्थ वीरगन्ज’, ‘प्लास्टिक झोला र प्रदूषणमुक्त वीरगन्ज’ तथा ‘धरती बचाऔं, वातावरण जोगाऔं’ भन्ने अभियानलाई संस्थाले प्राथमिकतामा राखेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८३ आश्विन ३,शनिबार
प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम
मुख्य समाचार

प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम

प्रकाशित : २०८३ आश्विन ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद