Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जगरनाथपुरका दुई विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — शिक्षाबाट पछाडि परेका बालबालिकाको पहिचान, पहुँच र सहभागिता बढाउन जगरनाथपुर गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। बालिका, अपाङ्गता भएका, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न बालबालिकाले शिक्षामा भोग्दै आएका अवरोध पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले विद्यालयस्तरमै सञ्जाल गठन गरिएको हो।

अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति ९एसओडीसीसी०, पर्साको प्राविधिक सहयोगमा सञ्चालित पहुँच परियोजनाअन्तर्गतको एफएसटीपी कार्यक्रममार्फत जगरनाथपुर–५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र वडा नं। ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर सिरामा सञ्जाल गठन गरिएको हो।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट स्वीकृत ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०८०’ बमोजिम दुवै विद्यालयमा सञ्जाल गठन गरिएको आयोजकले जनाएको छ।

विद्यालयमा बालबालिकाको पहुँच विस्तार भए पनि सामाजिक, आर्थिक, लैङ्गिक, भौगोलिक तथा अन्य कारणले अझै कतिपय बालबालिका शिक्षाको समान अवसरबाट वञ्चित हुने अवस्था रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए। यस्ता समस्या विद्यालय तहबाटै पहिचान गरी समाधान गर्न सक्रिय संयन्त्र आवश्यक रहेको उनीहरूको भनाइ थियो।

विशेषगरी बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाले विद्यालयमा नियमित सहभागिता र शिक्षालाई निरन्तरता दिन विभिन्न अवरोध सामना गर्नुपर्ने भएकाले उनीहरूका समस्यालाई प्राथमिकतामा राखेर सञ्जाल गठन गरिएको हो।

सञ्जाल गठन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा सञ्जालको आवश्यकता, उद्देश्य, भूमिका, जिम्मेवारी तथा विद्यालयमा यसको प्रभावकारी परिचालनबारे छलफल गरिएको थियो।

विद्यालयमा कुनै पनि बालबालिका सामाजिक वा आर्थिक अवस्था, लैङ्गिक विभेद, अपाङ्गता वा समुदायका कारण शिक्षाबाट पछाडि पर्न नहुनेमा सहभागीहरूले जोड दिएका थिए। विद्यालयलाई सबै बालबालिकाले सुरक्षित र सम्मानित महसुस गर्ने वातावरणका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो।

नवगठित सञ्जालले विद्यालयमा बालमैत्री, सुरक्षित तथा समावेशी वातावरण निर्माणका लागि पहल गर्नेछ। बालिकाको अर्थपूर्ण सहभागिता बढाउने, विद्यालयमा हुने विभेद तथा शैक्षिक अवरोध पहिचान गर्ने र समस्या न्यूनीकरणका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने जिम्मेवारी सञ्जालले पाउनेछ।

विद्यार्थी तथा अभिभावकका गुनासा, सुझाव र समस्यालाई समेत सञ्जालले प्राथमिकताका साथ लिने जनाइएको छ। विद्यालयमा देखिएका समस्या संकलन गरी आवश्यकताअनुसार विद्यालय व्यवस्थापन, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गरिनेछ।

कार्यक्रममा बालिकाको सहभागिता बढाउनु मात्र पर्याप्त नभई उनीहरूलाई नियमित विद्यालय आउने, सुरक्षित वातावरणमा सिक्ने, आफ्ना विचार राख्ने र शिक्षालाई निरन्तरता दिने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो। त्यसका लागि विद्यालय र परिवारबीचको सम्बन्ध बलियो बनाउनुपर्ने तथा अभिभावकलाई समावेशी शिक्षाको महत्वबारे निरन्तर सचेत गराउनुपर्ने सहभागीहरूले बताएका थिए।

अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि विद्यालयको वातावरण सहज र पहुँचयोग्य बनाउनुपर्ने विषयमा पनि छलफल गरिएको थियो। सबै बालबालिकाको समान सहभागिता सुनिश्चित गर्न विद्यालयको भौतिक संरचनासँगै शिक्षक, विद्यार्थी र समुदायको व्यवहारमा समेत समावेशी सोच आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

‘कसैलाई पनि पछाडि नछोड्ने’ अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सबै बालबालिकाका लागि समान, सुरक्षित, गुणस्तरीय तथा समावेशी शिक्षाको वातावरण निर्माण गर्न विद्यालय, अभिभावक, स्थानीय सरकार र अन्य सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

सञ्जाल प्रभावकारी रूपमा परिचालन गर्न सके विद्यालयमा रहेका समस्या समयमै पहिचान हुनुका साथै बालबालिकाका आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन सहज हुने आयोजकको विश्वास छ। यसले विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाको पहिचान, शैक्षिक निरन्तरता तथा विद्यालयमा समान सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालयस्तरमा गठन गरिएको सञ्जालले आगामी दिनमा बालिका तथा समावेशी शिक्षाका विषयलाई निरन्तर उठान गर्दै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा सहजीकरण गर्ने जनाइएको छ। विद्यालयमा देखिने विभेद, पहुँचको समस्या तथा शैक्षिक अवरोधलाई विद्यालयको मात्र विषय नबनाई परिवार, समुदाय र स्थानीय तहसँग जोडेर समाधान खोजिने बताइएको छ।

कार्यक्रम सामाजिक संस्था जिल्ला समन्वय समिति ९एसओडीसीसी०, पर्साको सहजीकरणमा सम्पन्न भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद