बारा — परवानीपुर–५ स्थित एल.एस. अस्पताल एन्ड मेडिकल कलेजले सम्पूर्ण विभागको ओपीडी टिकट शुल्क घटाएर रु १०० कायम गरेको छ। अस्पतालले सर्वसाधारणलाई सहज र सुलभ रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ शुल्क व्यवस्था लागू गरेको जनाएको छ।

अस्पतालमा न्यूरो, हाडजोर्नी तथा अर्थोपेडिक, स्त्री तथा प्रसूति, जनरल फिजिसियन, बालरोग, जनरल सर्जरी, छालारोग, दन्त तथा आँखा विभागमा विशेषज्ञ चिकित्सकबाट ओपीडी सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
कम शुल्कमा विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिन सकिने भएपछि स्थानीय तथा आसपासका सेवाग्राहीलाई उपचारमा थप सहज हुने अपेक्षा गरिएको छ ।
अस्पताल बारा जिल्लाको परवानीपुर–५, रिषभ पेट्रोल पम्प नजिक अवस्थित छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस


