वीरगञ्ज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा।लि।, वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा।लि।, गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप ८८प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष ९बाढी राहत०८८मा रु। ७५ लाख जम्मा गरिएको हो।
रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको दुवै संस्थाले जनाएका छन्।
स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै संस्थाले विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको साथमा उभिएको बताएका छन्। संयुक्त आर्थिक सहयोगले राहत वितरण, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।


