Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

​वीरगञ्ज, .
इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव (ईद–ए–मिलादुन्नबी) को अवसर पारेर वीरगञ्जमा बुधबार विशेष ‘सिरतुन नबी’ कार्यक्रम तथा शान्ति सभा सम्पन्न भएको छ। वीरगञ्ज मुस्लिम समाजको आयोजनामा उक्त कार्यक्रम भव्य रूपमा आयोजना गरिएको हो।
​इस्लामिक क्यालेन्डरको तेस्रो महिना रबी–उल–अव्वलको १२औँ तारिखका दिन विश्वभरका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मोत्सवलाई ईद–ए–मिलादुन्नबी वा मोहम्मद डेका रूपमा मनाउने गर्दछन्।
​कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, मौलाना अलियसगर मदनी, मौलाना महमद आलम, मौलाना इजहार हुसैन लगायत मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
​सभामा वक्ताहरूले पैगम्बर हजरत मोहम्मदले दिनुभएको शान्ति, प्रेम, सद्भाव, भाइचारा र मानवताको सन्देशबारे चर्चा गरेका थिए। सहभागीहरूले समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै आपसी एकता र सहिष्णुतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
​आयोजकका अनुसार कार्यक्रम उत्साहजनक, शान्तिपूर्ण र सद्भावपूर्ण वातावरणमा सम्पन्न भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८३ भाद्र १०,बुधबार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

भोटेकोशीमा बाढी – प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारी सम्पर्कविहीन

प्रकाशित : २०८३ भाद्र १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद