Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र २,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। जिल्लावासीले दैनिक जीवनमा भोग्दै आएका विभिन्न समस्याको तत्काल समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी पर्साले सरकारसँग माग गरेको छ। पार्टीले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाउँदै जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।

जिल्ला संयोजक जयप्रकाश थारूको नेतृत्वमा पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापालाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा कृषि, खाद्यान्न, विद्युत्, स्वास्थ्य, ग्यास तथा सरकारी सेवासँग सम्बन्धित समस्या तत्काल सम्बोधन गर्न माग गरिएको छ।

किसानलाई सस्तो र सहज रूपमा रासायनिक मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउनुपर्ने पार्टीको माग छ। कृषि क्षेत्रलाई राज्यको प्राथमिकतामा राख्दै मलखादमा हुने कालोबजारी नियन्त्रण गर्नसमेत आग्रह गरिएको छ।

त्यसैगरी दैनिक उपभोग्य वस्तुमा हुने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न प्रभावकारी बजार अनुगमन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ।

पार्टीले विद्युत् सेवा नियमित र भरपर्दो बनाउन, अघोषित विद्युत् कटौती अन्त्य गर्न, प्राविधिक समस्या समाधान गर्न तथा विद्युत् महसुल घटाउनसमेत ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य सेवासम्बन्धी मागमा सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप र सर्पदंशको एन्टिभेनम पर्याप्त मात्रामा उपलब्ध गराउन तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने विषय समेटिएको छ।

ज्ञापनपत्रमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, सरकारी कार्यालयमा हुने ढिलासुस्ती हटाउन र जन्मदर्तादेखि मृत्युदर्तासम्मका प्रमाणपत्रमा लाग्ने शुल्क खारेज गर्नुपर्ने मागसमेत राखिएको छ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थापाले पार्टीले उठाएका विषय सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

ज्ञापनपत्र बुझाउने टोलीमा जिल्ला इन्चार्ज पिएल श्रेष्ठ, सहइन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुशवाहा र हिरा भट्टराई, सहसंयोजकहरू गंगा खड्का, बाबुराम कौशिक र फिरोज बादशाह तथा मधेस प्रदेश कमिटी सदस्यहरूलगायतको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८३ भाद्र २,मंगलवार
एम्बुलेन्स चालकलाई जीवनरक्षा सीप: नेशनल मेडिकल कलेजमा विशेष BLS तालिम
मुख्य समाचार

एम्बुलेन्स चालकलाई जीवनरक्षा सीप: नेशनल मेडिकल कलेजमा विशेष BLS तालिम

प्रकाशित : २०८३ भाद्र २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद