Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एम्बुलेन्स चालकलाई जीवनरक्षा सीप: नेशनल मेडिकल कलेजमा विशेष BLS तालिम

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र २,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सा |
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा एम्बुलेन्स चालकहरूको आकस्मिक स्वास्थ्य सेवा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत जीवनरक्षा (BLS) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। GTA Foundation को सहकार्यमा आयोजित तालिममा ३४ जना एम्बुलेन्स चालक सहभागी भएका थिए।

मंगलबार बिहान ९:३० बजेदेखि १२:३० बजेसम्म अस्पतालको सभाहलमा सञ्चालन भएको तालिममा आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, CPR, प्राथमिक उपचार तथा अस्पताल पुग्नुअघि अपनाउनुपर्ने जीवनरक्षाका व्यवहारिक उपायबारे प्रशिक्षण दिइएको थियो।

तालिम GTA Foundation ले सञ्चालन गरिरहेको “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनको एक महत्वपूर्ण चरणका रूपमा आयोजना गरिएको हो। अध्ययनमार्फत एम्बुलेन्स चालकहरूको BLS सम्बन्धी ज्ञान, दक्षता र व्यवहारिक सीपको विकास तथा आकस्मिक स्वास्थ्य सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा GTA Foundation का इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक ललिता अवाल, अनुसन्धान सहायक रुबी श्रेष्ठ र ललिता कुँवर सहभागी थिए। नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।

तालिममा GTA Foundation का प्रशिक्षकहरूसँगै नेशनल मेडिकल कलेजबाट BLS प्रशिक्षक प्रशिक्षण (BLS-ToT) पूरा गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईंले पनि सहजीकरण गरेका थिए।

प्रशिक्षणका क्रममा सहभागीहरूले केवल सैद्धान्तिक जानकारी मात्र नभई CPR लगायतका जीवनरक्षाका विभिन्न सीपको व्यवहारिक अभ्याससमेत गरेका थिए। तालिम पूरा गरेका सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

अस्पताल पुग्नुअघि बिरामीको अवस्थालाई स्थिर राख्न एम्बुलेन्स चालकको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता तालिमले आकस्मिक अवस्थाको प्रारम्भिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेशनल मेडिकल कलेजले एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मीको व्यावहारिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै सीपमूलक तालिमलाई निरन्तरता दिँदै आएको जनाएको छ। GTA Foundation र अस्पतालबीचको सहकार्यले आगामी दिनमा अस्पतालपूर्व आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर सुधारमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८३ भाद्र २,मंगलवार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८३ भाद्र २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद