वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ ९ल्ःक्च्ब्० वीरगञ्ज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, यस वर्ष मेडिकल रिप्रेजेन्टेटिभ ९एमआर०बाट व्यवस्थापक पदमा बढुवा भएका व्यक्तिहरूलाई सम्मान तथा केक काट्ने कार्यक्रम गरिएको हो।
कार्यक्रमको सुरुवात औपचारिक समारोहबाट गरिएको थियो। त्यसपछि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। रक्तदान कार्यक्रममा एक महिलासहित ५२ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा किरण खत्री ९महिला०, दिपेन्द्र यादव, विकास कुशवाहा, बब्लु चौधरी, निरज श्रीवास्तव, गौरव पटेल, सुमित वर्णवाल, हिमांशु गुप्ता, राजन चौरसिया, चन्दन पटेल, करुण कुमार, केशव पाण्डे, राजन पटेल, शंकर सिंह लगायत रहेका थिए।
संघका कोषाध्यक्ष दिपेन्द्र यादवका अनुसार स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रम आयोजना गरिएको हो। साथै, यस वर्ष एमआरबाट म्यानेजर पदमा बढुवा भएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
ल्ःक्च्ब् वीरगञ्ज इकाईका अध्यक्ष सौरभ वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा। मनोज कुमार गुप्ता प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक ९एसपी० पवन कुमार भट्टराई, नेपाल औषधि व्यवस्था विभाग मधेश प्रदेशका उपाध्यक्ष अजय यादव, महासचिव पपु झा, पिन वीरगञ्जका सचिव अवधेश साह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण संघका सचिव बब्लु चौधरीले गरेका थिए। कार्यक्रमको अन्त्यमा केक काटेर संघको ५७औँ स्थापना दिवस मनाइएको थियो।


