Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

अवैध क्रिप्टो कारोबार गर्ने तीन जना समातिए

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २४,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँको बानेश्वरबाट प्रहरीले अनलाइन सट्टाबाजी र क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूले वान एक्स बेटमार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टाबाजी र ७९ हजार अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएको छ।
उनीहरूविरुद्ध सट्टाबाजी र क्रिप्टोकरेन्सीको अवैध कारोबार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका(१० बानेश्वरस्थित सडक खण्डबाट अनलाइन सट्टाबाजी तथा अभौतिक मुद्रा ९क्रिप्टोकरेन्सी० को अवैध कारोबारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारेका उनीहरूलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका(६ घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय नविन पौडेल, १९ वर्षीय राहुल वेलवासे र २८ वर्षीय रविन वेलवासे रहेका छन्।
उनीहरूले वान एक्स बेट एप्लिकेसनमार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टाबाजी गराएको प्रहरीले जनाएको छ। त्यसैगरी ७९ हजार ६८ दशमलव ६५ अमेरिकी डलरको अभौतिक मुद्राको कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूको साथबाट १ हजार ५०१ दशमलव ३२ अमेरिकी डलर मौज्दात र ५ थान मोबाइल बरामद गरेको छ। सट्टाबाजी गराउन नहुने र अभौतिक मुद्राको कारोबार गर्न नहुने कसूर मुद्दामा उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०८३ श्रावण २४,आईतवार
घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०८३ श्रावण २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद