Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नमूना विद्यालयको रुपमा २४ वटा सामुदायिक विद्यालयलाई विकास गरिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
A A
file photo

file photo

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, । मधेश प्रदेश सरकारले मधेश प्रदेशको २४ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षमा कामकाजलाई अगाडी बढाएको छ ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले वहुवर्षीया योजना अन्तर्गत प्रत्येक जिल्लामा तीन वटा विद्यालय गरी जम्मा २४ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नका प्रदेश सरकारले यसै आर्थिक वर्ष वाट कामको थाल्नी गर्ने बताउनुभयो ।

उहाँले यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एउटा विद्यालयका लागि डेढ करोढ को दरले जम्मा ३२ करोड बजेटको विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले बजेट कार्यान्वयनका लागि २४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई मन्त्रलयमा बोलाएर कामकाज अगाडी बढाउनका लागि निर्देशन दिसकिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ूविद्यालायका प्राधानाध्यापकलाई हामीले भनेका छौं । नमूना विद्यालयका लागि आवश्यक पर्ने पुर्वाधार र जनशक्ति प्रदेश सरकारले दिन तयार छ । विद्यालयको पठनपाठन सुधार गर्ने काम तपाईहरुको हो । त्यसमा तपाईहरु ध्यान दिनुस् ।ू मन्त्री सिंहले मधेश प्रदेशमा तीन हजार ४८४ वटा सामुदायिक विद्यालय रहेको जानकारी दिदै प्रदेश सरकारले आउने दिनमा सबै विद्यालयको शैक्षिक सुधारका लागि कामकाज गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री सिंहले मधेश प्रदेशको शिक्षा क्षेत्रको सुधार अति आवश्यक भएको भन्दै शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले दतोचित भएर कामकाजलाई अगाडी बढाएको बताउनुभयो । उहाँले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने सवालमा प्रदेश सरकारले बढाएका कामकाज तिब्र गतिमा अगाडी बढी रहेको र उल्लेखिय रुपमा प्रगति देखिएको बताउनुभयो ।

उहाँले अहिले मधेश प्रदेशका विभिन्न पालिकाहरुलाई उल्लेखित मापदण्ड पुरा गरेपछि साक्षर पालिका घोषण गर्ने काम अगाडी बढीरहेको भन्दै मधेश प्रदेशलाई पनि छिट्टै साक्षर प्रदेश घोष्णा गर्ने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अगामी दिनमा प्रदेश सरकारले सामुदायिक विद्यालयको अनुगमणको कार्यलाई पनि त्रिब पार्ने जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको अवसरमा शैक्षिक खेलौना प्रदर्शनी
मुख्य समाचार

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको अवसरमा शैक्षिक खेलौना प्रदर्शनी

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
विद्यालयबाहिरका बालबालिकालाई शिक्षामा ल्याउन स्थानीय तहको प्रतिबद्धता
मुख्य समाचार

विद्यालयबाहिरका बालबालिकालाई शिक्षामा ल्याउन स्थानीय तहको प्रतिबद्धता

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद