Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह अन्तर्गत शैक्षिक खेलौना प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ श्रावण २०,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। विश्व स्तनपान सप्ताह २०२६ को चौथो दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागद्वारा बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

“Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works” भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन अस्पताल निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक खेलौना तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो।

प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलआधारित सिकाइको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ विकासमा स्तनपानको भूमिकाबारे सचेतना फैलाइएको थियो।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मकता र बाल विकासका विविध आयामबारे जानकारी हासिल गरेका थिए।

यस अवसरमा मातृ–शिशु सम्बन्धलाई थप प्रगाढ बनाउन नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम पनि वितरण गरिएको थियो। यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।
नर्सिङ विभागले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

निर्वाध चल्न दिएको स्कुटर अहिले नियन्त्रणमा, स्थानीय प्रशासनको दोहोरो नीतिले सर्वसाधारण मर्कामा
मुख्य समाचार

निर्वाध चल्न दिएको स्कुटर अहिले नियन्त्रणमा, स्थानीय प्रशासनको दोहोरो नीतिले सर्वसाधारण मर्कामा

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
२०७ किलो गाँजा सहित एक पक्राउ
राष्ट्रिय

२०७ किलो गाँजा सहित एक पक्राउ

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद