Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २०,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। नेपाल अडिटर्स एसोसिएसन ९अडान० को २१औँ स्थापना दिवसको अवसरमा देशभर केन्द्र, प्रदेश तथा जिल्ला तहमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। सोही क्रममा अडान पर्साले बुधबार वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।

कार्यक्रमअन्तर्गत पर्साका लेखापरीक्षक तथा लेखा व्यवसायीहरू वीरगञ्जको घण्टाघरमा भेला भई भानुचोकको परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर प्रभातफेरी सम्पन्न गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार ले लेखापरीक्षकहरूको संख्या घट्दै जानुका साथै पेशालाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका लागि सम्पूर्ण लेखापरीक्षक एकजुट हुनुपर्नेमा जोड दिए।

अर्का केन्द्रीय सदस्य डा। सन्तोष कुमार साह ले लेखापरीक्षकहरूलाई बिचौलिया र झोले प्रवृत्तिबाट टाढा रहँदै इमान्दारी, निष्पक्षता र मर्यादाका साथ पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य प्रदुम्न प्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दीपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता तथा उमेशचन्द्र यादव लगायतका लेखापरीक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भिजन टिम को पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी लेखापरीक्षक तथा अतिथिहरूलाई अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसिया ले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव कुलोत्तम पोखरेल ले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष रामबाबु साह ले सम्हालेका थिए।

अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नियामक निकायले लागू गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा आफ्नो हस्ताक्षरको कुनै पनि प्रकारको दुरुपयोग हुन नदिन सबै लेखापरीक्षकलाई विशेष सतर्क रहन आग्रह गरे।

उनले कार्यक्रममा सहभागी भिजन टिम ले लेखापरीक्षकहरूका लागि भेष्ट उपलब्ध गराएको तथा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिताको पालना तथा पेशाको गरिमा संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

२०७ किलो गाँजा सहित एक पक्राउ
राष्ट्रिय

२०७ किलो गाँजा सहित एक पक्राउ

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा तीन पक्राउ
मुख्य समाचार

नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा तीन पक्राउ

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद