Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ३१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — गहवामाई मन्दिर वरिपरि बिक्री हुने लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तरबारे समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले बुधबार संयुक्त रूपमा बजार अनुगमन गरेको छ।

मंगलबार पर्सा पोस्ट डट कममा अखाद्य लड्डु, पेडा तथा मिठाई बिक्री भइरहेको विषयमा समाचार प्रकाशित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी सम्मिलित टोलीले गहवामाई मन्दिर आसपासका मिठाई पसल र उत्पादनस्थलको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा केही पसल तथा उद्योगमा सरसफाइको अवस्था कमजोर रहेको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

टोलीले तीन वटा फर्मबाट करिब २५ केजी गुणस्तरहीन लड्डु जफत गरी नष्ट गरेको छ। खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि तीन फर्मलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। व्यवसायीलाई आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न तथा यस्ता कमजोरी नदोहोर्‍याउन निर्देशनसमेत दिइएको छ।

जरिवानामा पर्ने फर्महरूमा वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वडा नं। ११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार रहेका छन्। माईस्थानस्थित आस्था मिष्ठान भण्डारमा भेटिएको गुणस्तरहीन लड्डु पनि नष्ट गरिएको टोलीले जनाएको छ।

गहवामाई मन्दिर क्षेत्रमा वर्षभरि धार्मिक गतिविधि हुने र ठूलो संख्यामा भक्तजनको आवागमन रहने भएकाले त्यहाँ बिक्री हुने प्रसाद तथा मिठाईको गुणस्तरमा नियमित निगरानी आवश्यक रहेको उपभोक्ताहरूको भनाइ छ। उनीहरूले चाडपर्व वा मेलाका बेला मात्र नभई वर्षभरि नै नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८३ असार ३१,बुधबार
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न

प्रकाशित : २०८३ असार ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद