Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

गहवामाईको चौथो रथ यात्राको तयारी पूरा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार २७,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्जस्थित गहवामाई मन्दिरमा आयोजना हुने चौथो विशाल रथ यात्रा तथा धार्मिक महोत्सव–२०८३ को तयारी पूरा भएको आयोजकले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले असार ३२ र श्रावण १ गते सञ्चालन हुने धार्मिक महोत्सवका कार्यक्रम सार्वजनिक गर्दै यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको जनाएको हो।

समितिका अनुसार असार ३२ गते बिहान ७स्३० बजे गहवामाई मन्दिर परिसरबाट विधिपूर्वक पूजा–अर्चनासहित रथ यात्राको शुभारम्भ हुनेछ। रथ यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ।

सोही दिन साँझ मन्दिर परिसरमा प्रख्यात भजन गायकहरूको सहभागितामा भजन सन्ध्या आयोजना गरिनेछ। श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि महाप्रसाद भण्डारा सञ्चालन गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।

रथ यात्राका क्रममा श्रद्धालुको आवागमन सहज बनाउन र सुरक्षालाई ध्यानमा राख्दै वीरगञ्जको मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा संरचना हटाउने कार्य रथ यात्रा अवधिभर स्थगित गर्न सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिएको समितिले जानकारी दिएको छ।

समितिले वीरगञ्जका सामाजिक, धार्मिक, जातीय तथा व्यावसायिक संघसंस्था, बुद्धिजीवी र नागरिक समाजलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। साथै, यात्रा मार्गमा पर्ने घर तथा व्यावसायिक प्रतिष्ठानमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन तथा श्रद्धालुका लागि खानेपानी, सर्वतलगायत सेवामूलक व्यवस्था मिलाएर धार्मिक महोत्सव सफल बनाउन अनुरोध गरेको छ।

पत्रकार सम्मेलनमा रथ यात्रा महिला संयोजक विभा साह, संयोजक बसन्तकुमार गुप्ता, प्रचार–प्रसार उपसमिति संयोजक श्यामप्रसाद गुप्ता, श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता ९पप्पु गुप्ता० लगायत पदाधिकारीको उपस्थिति थियो।

समितिले गहवामाईको रथ यात्रा धार्मिक आस्थासँगै वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको पर्व भएकाले सबैलाई सहभागी भएर कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग
मुख्य समाचार

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग

प्रकाशित : २०८३ असार २७,शनिबार
पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०८३ असार २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद