Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साइकलमा आँप बेच्दै गरेका भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार १७,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्जमा साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक ठूलो परिमाणमा ब्राउन सुगर ९खैरो हेरोइन० सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया थाना अन्तर्गत गोपालपुर ग्राम पञ्चायत–२ घोघाका ३० वर्षीय गुड्डु आलम रहेका छन्। उनी हाल वीरगन्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–९ स्थित सडकपेटीमा एक भारतीय नागरिकले साइकलमा आँप बेच्दै लागूऔषधसमेत बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा मंगलबार साँझ वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले आलमले चलाएको साइकल खानतलासी गर्दा पछाडिको चक्कानजिक झुन्ड्याइएको प्लास्टिकको बोराभित्र कालो र सेतो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित आलमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८३ असार १७,बुधबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८३ असार १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद