Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
A A
5
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर। परवानीपुर गाउँपालिका–५ स्थित नौतन टोलमा निर्माणाधीन नालाको गुणस्तरप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गरेका छन्। स्थानीयले सामाजिक सञ्जालमार्फत नाला निर्माण कार्यमा मापदण्ड विपरीत सामग्री प्रयोग गरिएको आरोप लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

‘हाम्रो नौतन’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको पोस्टमा नाला निर्माणमा गुणस्तरहीन ढुंगा प्रयोग गरी काम चलाउने प्रयास भइरहेको दाबी गरिएको छ। पोस्टमा विकास निर्माणका कार्यमा पारदर्शिता र गुणस्तर कायम गर्नुपर्ने मागसमेत गरिएको छ।

स्थानीयवासीहरूले जनताले तिरेको करबाट सञ्चालित विकास आयोजनाहरूमा बजेटको दुरुपयोग हुन नहुने उल्लेख गर्दै गुणस्तरीय तथा दिगो निर्माण कार्य हुनुपर्ने बताएका छन्। उनीहरूले निर्माण कार्यको प्राविधिक अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा नौतन टोलमा निर्माण भइरहेको नालाको अवस्थाबारे प्रश्न उठाइएको छ। यद्यपि निर्माण कार्यमा अनियमितता भएको वा नभएको विषयमा सम्बन्धित प्राविधिक निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
स्थानीयहरूले नाला निर्माणमा प्रयोग गरिएका सामग्री तथा निर्माण प्रक्रियाको छानबिन गरी मापदण्डअनुसार काम सम्पन्न गर्नुपर्ने माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस मनाइयो
मुख्य समाचार

कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस मनाइयो

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
वडाध्यक्ष पक्राउको विरोधमा वीरगन्जका सबै वडा कार्यालय बन्द
मुख्य समाचार

वडाध्यक्ष पक्राउको विरोधमा वीरगन्जका सबै वडा कार्यालय बन्द

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद