Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चर्चित खेलाडी तथा गायक अशोक प्रधान सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। देशको प्रवेशद्वार तथा औद्योगिक नगरी वीरगञ्जका मात्र नभई देश–विदेशमा चर्चित फुटबल खेलाडी एवं लोकप्रिय गायक अशोक प्रधानलाई “रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३” बाट सम्मान गरिएको छ।

वीरगञ्ज तथा राष्ट्रको खेलकुद र संगीत क्षेत्रमा उहाँले पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको समाजसेवी अशोक लाठले बताए।

रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने उक्त पुरस्कार कारणवश निर्धारित मितिमा वितरण हुन नसकेपछि आइतबार सोसाइटीको कार्यालय, वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा प्रधानलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ, गणेश लाठ, नारायण रुङ्टा तथा निरज अग्रवाललगायतको उपस्थिति रहेका थिए।

सम्मान ग्रहण गर्दै खेलाडी तथा गायक प्रधानले रिलिफ सोसाइटीले समाजका दिनदुःखी, असहाय तथा पछाडि पारिएका महिला र समुदायहरूको सेवा तथा सहयोग गर्दै आएको उल्लेख गरे। साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मान गरी थप हौसला प्रदान गर्ने संस्थाको कार्यप्रति आफू अत्यन्त हर्षित र गौरवान्वित भएको बताए।

प्रधानले रिलिफ सोसाइटी परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद