Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

काभ्रेपलाञ्चोकमा ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे । नेपाल प्रहरी प्रदेश कार्यालय, कर्मचारी प्रशासन शाखा, वीरगंज दरबन्दी भई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्याम सुन्दर यादवले लागूऔषध नियन्त्रण तथा उद्धार कार्यमा उल्लेखनीय योगदान पुर्‍याएपछि २०८३ वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

प्रहरी निरीक्षक यादवले २०८३ वैशाख १० गते जिल्ला काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ पिप्ले निवासी ६० वर्षीय बलराम तामाङ र ५९ वर्षीया रन्जु तामाङको घरमा खानतलासी गर्ने क्रममा लागूऔषध गाँजाको बोटसहित १८ केजी २१ ग्राम गाँजा तथा २१० ग्राम पोल्यान्ड बरामद गरेका थिए। प्रहरीले दुवै व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएको जनाएको छ।

त्यसैगरी, २०८२ चैत्र १३ गते नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा स्थित बीपी राजमार्गको रोसी खोलामा मंगलटारबाट काठमाडौं आउँदै गरेको गाडी र मोटरसाइकल खोलामा फसेर बगाएको अवस्थामा सात जना यात्रु बीच खोलाको ढुंगामाथि सुरक्षित रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक यादव नेतृत्वको टोली तत्काल उद्धारमा खटिएको थियो। टोलीले सबै यात्रुलाई सुरक्षित रूपमा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।

लागूऔषध नियन्त्रण, नागरिक सुरक्षा तथा उद्धार कार्यमा इमान्दार, कर्तव्यनिष्ठ र उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी निरीक्षक यादवलाई २०८३ वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद