Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ४,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ आगामी जेठ ८, ९ र १० गते आयोजना गरिने भएको छ। सोमबार जिल्ला खेलकुद विकास समिति पर्सा को आयोजनामा वीरगन्जस्थित नारायणी रंगशाला परिसरमा बसेको बैठकले प्रतियोगिता सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेको हो।

बैठक दिपक कुमार साह कानु को अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले प्रतियोगिता नेपाल प्रहरी को प्रदेश कार्यालय परिसर, वीरगन्जमा सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डी खेल समावेश गरिने तथा ती खेलमा प्राप्त अंकका आधारमा पालिकाहरूलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरिने निर्णय सर्वसम्मत रूपमा गरिएको समितिले जनाएको छ।

बैठकमाश्रीजंग गण पर्साका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की,जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिक्षक राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रहरी नायव उपरिक्षक मोहन राज निरौला शिक्षा बिकास तथा समन्वय इकाई पर्साका प्रमुख मोति प्रसाद भट्टराई, जिल्ला खेल विकास पर्साका कार्यलय प्रमुख नाजिर हुसेन अंसारी तथा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतको सहभागिता रहेको थियो।

समितिका पदाधिकारीहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहमा खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। प्रतियोगितामा जिल्लाभरका १४ वटै स्थानीय तहका तथा विद्यालयका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८३ जेष्ठ ४,सोमबार
विश्व सडक सुरक्षा सप्ताहको अवसरमा वीरगञ्जमा सचेतना र्‍याली, सवारीमा रिफ्लेक्टर स्टिकर टाँस्दै दुर्घटना न्यूनीकरण अभियान
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा वीरगञ्जमा सचेतना र्‍याली, सवारीमा रिफ्लेक्टर स्टिकर टाँस्दै दुर्घटना न्यूनीकरण अभियान

प्रकाशित : २०८३ जेष्ठ ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद