Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त, अन्तर्राष्ट्रिय गुणस्तर मान्यतासहित सेवा प्रवाहमा नयाँ उपलब्धि

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली ९क्युएमएस० अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको छ। अस्पतालको सेवा प्रवाह, व्यवस्थापन प्रणाली तथा कार्यप्रणालीको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणपत्र प्रदान गरिएको हो।

अस्पतालका अनुसार ISO 9001:2015 प्रमाणीकरणले संस्थाको गुणस्तर सुनिश्चितता, सेवाको निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई औपचारिक मान्यता दिएको छ। यसअन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंकलगायत विभिन्न सहयोगी सेवा समेटिएका छन्।

अस्पताल व्यवस्थापनले यो प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सेवा सञ्चालन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै सेवाग्राही सन्तुष्टि अभिवृद्धि, कार्यप्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा प्रक्रिया–केन्द्रित र सेवाग्राही–मैत्री स्वास्थ्य सेवा प्रवाहलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

व्यवस्थापनका अनुसार यस उपलब्धिले दक्ष जनशक्ति विकास, आधुनिक स्वास्थ्य प्रणालीको कार्यान्वयन तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले ISO 9001:2015 प्रमाणीकरण केवल एउटा प्रमाणपत्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली र निरन्तर सुधारप्रतिको संस्थागत प्रतिबद्धताको प्रमाण भएको बताए।

उनले बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहने उल्लेख गर्दै आईएसओ प्रमाणीकरणलाई उपलब्धिसँगै थप जिम्मेवारीका रूपमा लिएको बताए। उनका अनुसार संस्था आगामी दिनमा पनि सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न निरन्तर प्रयासरत रहनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा वीरगञ्जमा सचेतना र्‍याली, सवारीमा रिफ्लेक्टर स्टिकर टाँस्दै दुर्घटना न्यूनीकरण अभियान
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा वीरगञ्जमा सचेतना र्‍याली, सवारीमा रिफ्लेक्टर स्टिकर टाँस्दै दुर्घटना न्यूनीकरण अभियान

प्रकाशित : २०८३ जेष्ठ ३,आईतवार
एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान
मुख्य समाचार

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८३ जेष्ठ ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद